भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाण्डौमा यसवर्षकै कम तापक्रम मापन : देशभर चिसो बढ्न थाल्यो

काठमाण्डौमा यसवर्षकै कम तापक्रम मापन : देशभर चिसो बढ्न थाल्यो

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा यसवर्षकै न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो उपत्यकाको तापक्रम ११ डिग्री सेल्सियस मापन भएको थियो । आज बिहानको तुलनामा तापक्रम १ डिग्रीले घटेको छ । महाशाखाका अनुसार आज काठमाण्डौको तापक्रम १० देखि १२ डिग्री सेल्सियसको दायरामा रहनेछ ।

त्यस्तै, देशकै उच्च चिसो स्थान जुम्लामा आज बिहानको न्यूनतम तापक्रम माइनस २.४ डिग्री सेल्सियस मापन गरिएको छ । आजै जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियससम्म झर्न सक्ने अनुमान गरिएको छ ।

देशका धेरै भागमा बिहान र बेलुका चिसो बढ्दै गएको छ । दिउँसो घाम लागे पनि रातको तापक्रम औसतभन्दा २ देखि ४ डिग्री सेल्सियस तल झर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

विपद् तथा जलवायू विज्ञ डा. धर्मराज उप्रेतीले चिसो बढ्दै गएको भन्दै जनस्वास्थ्यमा असर पर्न नदिन न्यानो लुगा लगाउन र चिसोबाट जोगिन सर्वसाधारणलाई सुझाव दिएका छन् ।

महाशाखाका अनुसार हाल देशभर कुनै ठूला मौसमी प्रणालीको प्रभाव छैन । अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली भागमा आंशिक बदली छ भने बाँकी क्षेत्रहरूमा मौसम सफा रहेको छ ।

दिउँसो पनि कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.