भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गर्दै, देशभर कित्ताकाट खुला

सरकारले भू–उपयोग नियमावली, २०७९ तेस्रो पटक संशोधन गर्दै, देशभर कित्ताकाट खुला

काठमाण्डौ, २५ कार्तिक । सरकारले भू–उपयोग नियमावली, २०७९ लाई तेस्रो पटक संशोधन गरेसँगै देशभर कित्ताकाट खुला भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेपछि रोकिएको कित्ताकाट पुनः सञ्चालनमा आएको हो ।

पालिकाले जग्गा वर्गीकरण नगरेकाले देशभरका करिब ५ सय पालिकामा कित्ताकाट रोकिएको थियो । भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि देशभरका ७५३ स्थानीय तहमध्ये केवल २५३ पालिकाले मात्र जग्गाको पूर्ण वर्गीकरण पूरा गरेका छन् ।

सरकारले २०८१ भदौ २७ मा नियमावली दोस्रो पटक संशोधन गर्दै पालिकालाई २०८२ असार मसान्तसम्मको समयसीमा दिएको थियो । तर सो अवधिमा पनि धेरै पालिकाले वर्गीकरण प्रक्रिया सम्पन्न नगरेकाले पुनः संशोधन गर्नुपरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले भू–उपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गरेको छ । त्यस्तै, बैठकले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ । अब व्यक्तिगत घटना दर्तामा भएका नाम, जन्ममिति, बसाईँसराइ, विवाह दर्ता जस्ता विवरणहरू एकपटकका लागि सच्चाउन सकिने भएको छ ।

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामत तर्फका ४ जना र नेपाल प्रहरी तर्फका ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, भोलिदेखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत कोर्डिनेशन नवौं बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको संयोजकत्वमा नेपाली प्रतिनिधि मण्डललाई सहभागिता स्वीकृत गरिएको छ ।

सरकारले आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिएको पनि प्रवक्ता खरेलले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.