भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

संसद् पुनःस्थापनासम्बन्धी रिटमा माघ २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

संसद् पुनःस्थापनासम्बन्धी रिटमा माघ २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा माघ २० गते पेसी तोकिएको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार संसद् विघटनविरुद्ध परेका रिट निवेदनहरूमा हालसम्म पेसी तोकिएको छैन। माघ २० गते पेसी तोकिएको भन्दै केही अनलाइन सञ्चारमाध्यममा आएको समाचार गलत रहेको अदालतले जनाएको छ।

“संसद् विघटनविरुद्ध दायर भएका रिट निवेदनहरू माघ २० गते पेसी तोकिएको भनी केही अनलाइनहरूमा आएको समाचार सही होइन,” प्रवक्ता कोइरालाले भने, “माघ २० गते ती मुद्दामा साधारण तारेख मात्र रहेको छ।”

सर्वोच्च अदालतमा संसद् पुनःस्थापना, सरकार गठन प्रक्रिया तथा संविधानसम्बन्धी विषयलाई लिएर हालसम्म १७ थान रिट निवेदन दर्ता भएका छन्। ती रिटहरू कहिले सुनुवाइका लागि पेसी तोकिने भन्नेबारे अदालतले औपचारिक जानकारी भने दिएको छैन।

 


Thali Mobile Pvt.Ltd.