भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तटीय क्षेत्रमा अनिवार्य २० मिटर खाली राख्नुपर्ने, मापदण्ड नपुगे नक्सा पास नगर्ने

तटीय क्षेत्रमा अनिवार्य २० मिटर खाली राख्नुपर्ने, मापदण्ड नपुगे नक्सा पास नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दै आएको भन्दै उनले यस्तो बताएका हुन् । सरकारी वा निजी भवन लगायत जुनसुकै भवन निर्माण गर्दा २० मिटर खाली राखेर निर्माण गर्न भनका हुन ।

उनले भने, ‘तटीय क्षेत्रको थप २० मीटरमा सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्न अनुमति मिल्ने छैन ।’ काठमाडौंमा बाढीले तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएपछि नदी–खोलाका तटीय क्षेत्रलाई खाली राख्ने अभियानलाई अब थप प्रभावकारी बनाइने प्रष्ट पारेका हुन् । बालेनले मापदण्डलाई पालना नगरे महानगरले उचित कदम चाल्ने चेतावनी दिए ।

उपत्यकाभित्र बग्ने बागमती, विष्णुमती, मनोहरा नदी किनारामा २० मिटर र अन्य खोला किनाराको कम्तीमा चारदेखि १२ मिटरभित्रको जग्गालाई सरकारले निर्माण निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गरेको छ ।

उनले भनेका छन्, ‘नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा, पछि धोका पाउनु हुनेछ ।’मेयर बालेनले सर्वोच्च अदालतले थप २० मिटर जग्गालाई निर्माण निषेधित क्षेत्र घोषणा गरेको भन्दै तत्कालै कार्यान्वयन गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.