भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विवादास्पद कर विधेयक फिर्ता लिने केन्याको घोषणा

विवादास्पद कर विधेयक फिर्ता लिने केन्याको घोषणा

काठमाडौं । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद कर विधेयक फिर्ता लिने घोषणा गरेका छन् । कर वृद्धिको प्रावधान रहेको विवादास्पद विधेयकको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा २२ जनाको ज्यान गएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

विवादास्पद कर विधेयकको विरोधमा देशभरबाट आक्रोशित नागरिकले विरोधमा प्रदर्शन गर्ने क्रममा केन्याको संसद् भवनको एक भाग पनि जलाएका थिए । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा गोली चलाउँदा २२ जनाको ज्यान जानुका साथै अरु थुप्रै घाइते भएका थिए ।

घटनापछि राष्ट्रपति रुटोले राष्ट्रका नाममा सम्बोधन गर्दै अब विधेयकमा हस्ताक्षर नगर्ने बताउनुभएको हो । नागरिकको विरोधका बाबजुद अस्ति मंगलवार विधेयक पारित भएको हो । राष्ट्रपतिको हस्ताक्षरपछि मात्र कानुन बन्ने प्रावधान छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.