भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

बस खोज्दा त्रिशूलीमा हराएको १९ केजीको चुम्बक नारायणीमा भेटियो

बस खोज्दा त्रिशूलीमा हराएको १९ केजीको चुम्बक नारायणीमा भेटियो

चितवन । त्रिशूली नदीमा खसेको बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको १९ केजी चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको छ । सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो । उक्त चुम्बक आज फेला परेको हो ।

असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति यातायातको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

ती दुई बसमा ६५ यात्रु रहेकोमा तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए । बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको मात्र शव फेला परेको छ । हराइरहेका ती बसहरूको खोजीमा सघाउन आएको भारतीय प्राविधिक टोली सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोज्दा पनि केही पत्तो नलागेपछि हिजो फर्किसकेको छ । नेपाली सुरक्षाकर्मीले भने खोजतलास जारी राखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.