भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

साउण्ड हिलिङले पाको पुस्तालाई मात्रै हाेइन, नयाँ पुस्ताकाे पनि ध्यान तान्याे

साउण्ड हिलिङले पाको पुस्तालाई मात्रै हाेइन, नयाँ पुस्ताकाे पनि ध्यान तान्याे

साउण्ड हिलिङले पाको पुस्तालाई मात्रै हाेइन नयाँ पुस्ताकाे पनि ध्यान तानिरहेकाे छ । यसले राम्रो नै गरेको जस्तो अनुभव सहभागिकाे छ ।साउण्ड हिलिङ मानव जीवनमा अति नै आवश्यक छ । स्वास्थ्यको लागि याे त झनै जरुरी छ । यस्तो थेरापी मानव जीवनमा उपयोगी मात्रै हाेइन,  घरकाे डाक्टर बनेर देखिएकाे छ । सहभागिकाे भनाइ जस्ताकाे त्यस्तै

प्रेमा कायस्थ

म सुर्यविनायकमा बस्छु । गुरुको कुरा सुन्दा मलाई साउण्ड हिलिङ निकै आकर्षक लाग्यो । किन कि अहिले मान्छेहरूको जीवनशैली फरक छ । त्यसले गर्दा मानिसहरुको सोच, आशाहरु धेरै फरक छन् । त्यसले गर्दा जीवनशैली कसरी स्वस्थ राख्न सकिन्त यसमा परिवर्तन गर्नुपर्ने स्थिति छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…


सुखद हाम्रो जीवनशैलीका लागि साउण्ड हिलिङ निकै आवश्यक छ । गुरुले साउण्ड हिलिङ गर्नुभयो हामी आफुभित्रै हराएको जस्तो, आकाशमा उडेको जस्तो, कहिले शुन्य महसुुस भए जस्ताे लग्याे । जस्तो कि अहिले डिप्रेसन, खानपानमा समस्या छ । त्यसको लागि हामीले यसको प्रचारप्रसार गरेर परिवार, समाजलाई सकारात्मक परिवर्तनमा लानु पर्छ । गर्नुपर्छ ।

सुरेन्द्र प्रधान

आज कक्षाको कुरा गर्दा एकदमै फलदायी, एकदमै शान्त रह्यो । हप्ता भरिको भागदौडको कारणले टाउको देखिरहेको थियो । यो साउण्ड हिलिङलाई मान्छेहरुले मेडिटेसन भनेर अल्छी मानिरहेका थिए । तर यो अर्कौ रहेछ । पहिला त मलाई पनि अल्छी लागिरहेको थियो । तर पछि एकदम राम्रो लाग्यो । म आफै पनि साङगितिक क्षेत्रमा लागिरहेको भएर यो साउण्ड हिलिङ निकै प्रभावकारी लाग्यो ।

उत्साला

मेराे अनुभव भन्नु पर्दा एकदम राम्राे छ । साउण्ड हिलिङ फलदायी लाग्यो । ध्यान गर्दा निकै शान्त महसुस भयो । साउण्ड थेरापी सँगसँगै उत्प्रेरणा दिनुभयो । अल्छीहरुलाई पनि यसले निकै प्रभाव पार्छ । यसले आफुलाई चिन्न सहयोग गर्छ ।

संस्कृति श्रेष्ठ

निकै आनन्दको महसुस भयाे ।यस्तो मेडिटेसन हामीले सधै गर्न सक्यौ भने जीवन स्वस्थ बन्छ । यसले दैनिक जीवनमा पनि आनन्दले सहभागी हुन सक्छु भन्ने लाग्ने रहेछ ।

प्रियंका चौगुठी

हामीले युथ वर्गमा कसरी सचेतना बढाउने भनेर यस्ता कार्यक्रम गरिरहेका छौ । आजको यो सेसन छोटो भएपनि युवा पुस्ताहरुलाइ समेट्न पायाैं । हामी विभिन्न कुरामा अल्झिरहेका छौ । सानो सानो कुरामा पनि अल्झिने, रिस उठ्ने, अल्छी गर्ने गरेका हुन्छौ ।

त्यस्ता कुराहरुसँग हामी कसरी बच्ने ?, त्यसलाई कसरी समाधान गर्ने ? भन्ने कुरा सिक्न आवश्यक छ । कुन कुरा सोच्ने र कुन कुरा नसोच्ने भन्ने बारे हामीले छुट्याउनु पर्छ । साउण्ड हिलिङले यस्ता कुरामा ध्यान दिन सिकायो । युवाहरुलाई मार्गदर्शन गर्छ जस्तो लाग्याे । जीवनमा अघि बढ्दा साेच्न बाध्य पार्याे ।

चाँदनी श्रेष्ठ

आजको युगमा साउण्ड हिलिङ थेरापी अति जरूरी छ । मैले जति पनि समस्याहरु देखे एउटा मेडिटेसनले सबैकुरा शान्त बनाएर जीवनलाई राम्रो बनाउदो रहेछ भन्ने थाहा पाए । युवाहरुको आशा बढी हुन्छ, बढी सोच्ने गरिन्छ । आजको यो थेरापीबाट चाहिने कुरा सोच्न पर्ने रहेछ भन्ने कुरा थाहा पाए ।

 


Thali Mobile Pvt.Ltd.