भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

भारतबाट आधुनिक उपकरण झिकाएर खैरहनीमा आलु, तीन घण्टामै एक बिघाभन्दा बढी रोपाइँ सम्पन्न

भारतबाट आधुनिक उपकरण झिकाएर खैरहनीमा आलु, तीन घण्टामै एक बिघाभन्दा बढी रोपाइँ सम्पन्न

चितवन, १ मंसिर । पूर्वी चितवनको खैरहनीमा किसानहरूले आलुखेतीमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै लैजाने क्रम तीव्र बन्न थालेको छ।

खैरहनी नगरपालिका–१० का किसान कृष्ण अर्यालले भारतबाट आधुनिक आलु रोप्ने औजार झिकेर यस वर्ष परीक्षणसँगै व्यावहारिक प्रयोगको शुरुवात गरेका छन्।

अर्यालका अनुसार परम्परागत तरिकाले मजदुर राखेर आलु रोप्दा १ कठ्ठामा करिब रु १,००० खर्चिन्थ्यो। तर नयाँ उपकरण प्रयोग गरेपछि १ बिघा ६ कठ्ठा क्षेत्रफल केवल ३ घण्टामा रोप्न सकिएको छ। सो कामको कुल खर्च रु ६,६०० मात्र परेको उनले बताए।

यस आधुनिक उपकरणले चारवटा लाइनमा मल र बीउ एकैपटक खसाल्ने सुविधा प्रदान गर्छ। अर्को किसान सीताराम अर्यालका अनुसार यन्त्रले एकपटकमा ४ क्विन्टल आलुका बीउ र १ क्विन्टल मल बोक्न सक्छ। बीउमा ४० देखि ५० ग्रामका एकनासे आलुका टुक्रा भए रोपाइँ झनै सहज हुन्छ।

किसानका अनुसार ठूलो क्षेत्रफलमा आलुखेती गर्नेहरूका लागि यो प्रविधि विशेष रूपमा उपयोगी बनेको छ। समय, श्रम र लागत तीनै पक्षमा हुने बचतले कृषि व्यवसायलाई थप आकर्षक र व्यावसायिक बन्न सहयोग पुगेको स्थानीय किसानहरूको बुझाइ छ।

 


Thali Mobile Pvt.Ltd.