भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

मालढुङ्गा–बेनी सडक २० दिन दैनिक ६ घण्टा बन्द, कालोपत्रे कार्य तीव्र

मालढुङ्गा–बेनी सडक २० दिन दैनिक ६ घण्टा बन्द, कालोपत्रे कार्य तीव्र

पर्वत, १ मंसिर । मुस्ताङ जाने मुख्य प्रवेशद्वार मानिने मालढुङ्गा–बेनी सडक आजदेखि २० दिनका लागि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ। सोमबारदेखि मंसिर २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनीसम्मको १३ किलामिटर सडक कालोपत्रे गर्नुपर्ने भएकाले अस्थायी रुपमा यातायात रोकिएको हो। आयोजनाका प्रमुख तेजश्वी शर्माका अनुसार निरन्तर सवारी आवागमनका कारण कालोपत्रे गर्दा काम बिग्रने र ढिलाइ हुने भएकाले मुख्य कामको समयमा सडक बन्द गर्ने निर्णय गरिएको हो।

यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका तथा अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन गर्न पाइनेछ। बाँकी सबै सवारीले मालढुङ्गाबाट बागलुङ हुँदै रत्नचौरमार्ग हुँदै बेनी पुग्ने वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ। वैकल्पिक मार्ग केही साँघुरो भए पनि कालोपत्रे भएकाले यात्रा सहज हुने आयोजनाले जनाएको छ।

यो सडक खण्डलाई दुई लेन बनाइ ११ मिटर चौडाइमा विस्तार गरेर आधुनिक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिँदै छ। कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीसँग ५२ करोड ८६ लाखको ठेक्का सम्झौता गरेको थियो। २०७९ मा काम सम्पन्न हुनुपर्ने भए पनि ३ वर्ष ढिलाइपछि कालोपत्रे सुरू गरिएको हो।

समयमै काम नसकिएको भन्दै जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा स्थानीयवासीले निर्माण पक्षमाथि निरन्तर दबाब दिँदै आएका थिए। म्याग्दी, मुस्ताङ, पर्वतका स्थानीयवासी तथा देशविदेशबाट आउने पर्यटक र तीर्थयात्रीहरूलाई यो सडक प्रमुख आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको छ।

मालढुङ्गा–बेनी सडक ‘खाद्यान्नका लागि काम’ कार्यक्रमअन्तर्गत २०५२ मा ट्रयाक खुलेको थियो भने २०६८ मा पहिलो पटक कालोपत्रे गरिएको थियो। अहिले दोहोर्याइएका कामका कारण २० दिनसम्म सडक बन्द हुने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.