भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

सिरहाको खुट्टी सिँचाइ आयोजना सञ्चालनको तयारीमा

सिरहाको खुट्टी सिँचाइ आयोजना सञ्चालनको तयारीमा

मुख्य बुँदा 

सिरहाको लहानस्थित चार वर्षदेखि रोकिएको खुट्टी सिँचाइ नहर छिट्टै सञ्चालनमा आउने

करिब रु नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको छ तर बजेट अभाव, स्थानीय तहसँग समन्वय नहुँदा नहर सञ्चालन हुन सकेन

मधेस प्रदेश सरकारले रु १५ लाख बजेट विनियोजन गरेर नहरको सफाइ र सुधार गरी सञ्चालन गरिने योजना

बुधबार स्थलगत अनुगमनमा प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी, जलस्रोत विकास प्रमुख लगायतको टोलीले सहमति जनाए।

नहरले लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चार पालिकाका ९३५ बिघा खेतमा सिँचाइ सुविधा दिने ।

किसानहरूको सङ्घर्ष र दबाबपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढाइयाे

‘फास्ट ट्र्याक’मा काम गरी छिट्टै नहर सञ्चालनमा ल्याइने

सिरहा, १५ साउन । चार वर्षदेखि निर्माण भइसकेको खुट्टी सिँचाइ नहर स्थानीय विवाद, बजेट अभाव र समन्वयको कमीका कारण सञ्चालनमा आउन नसकेको थियो। तर हालै मधेस प्रदेश सरकारले रु १५ लाख विनियोजन गरेपछि नहर सफाइ र सुधार गरी छिट्टै सञ्चालनमा ल्याइने भएको छ।

बुधबार मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारीको नेतृत्वमा गरिएको स्थलगत अनुगमनपछि सबै सरोकारवालाबीच सहमति बनेको छ।

सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट नआएपछि नहर सञ्चालनमा रोक लागेको थियो। “अवरोध पहिचान गरी निराकरण गर्ने उद्देश्यले अनुगमन गरिएको हो। अब ‘फास्ट ट्र्याक’ मा काम गरी नहर छिट्टै सञ्चालनमा ल्याइनेछ,” उनले बताए।

यो आयोजनाले लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चार पालिकाका ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। ‘हेडवक्र्स’ निर्माणपछि किसानहरुमा उत्साह देखिएको थियो, तर नहर सञ्चालनमा ढिलाइ भएपछि किसानहरूले सङ्घर्ष समिति समेत गठन गरेका थिए। किसानको दबाबपछि पुनः नहर सञ्चालन प्रक्रिया अघि बढाइएको हो।

 


Thali Mobile Pvt.Ltd.