भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । अनुसन्धान एजेन्सी सीआईओले बिहान “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

वारेन्ट जारी भएपछि बिहानै निलम्बित राष्ट्रपति युनलाई सिउलस्थित निवासबाट पक्राउ गरिएको संचारमाध्यमले जनाएका छन् ।

योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिएका थिए ।

युन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड थियो ।

साथै प्रहरीले एक हजारबढी अधिकारीहरू तैनाथ गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.