भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । अनुसन्धान एजेन्सी सीआईओले बिहान “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

वारेन्ट जारी भएपछि बिहानै निलम्बित राष्ट्रपति युनलाई सिउलस्थित निवासबाट पक्राउ गरिएको संचारमाध्यमले जनाएका छन् ।

योलले गत डिसेम्बर ३ मा सैन्य शासन लागू गर्ने घोषणा गरेका थिए । तर यसको विरोध भएपछि योलले केही घण्टापछि फिर्ता लिएका थिए ।

युन सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । पक्राउको क्रममा यूनको निवासबाहिर समर्थक र आलोचक दुवैको बाक्लो भीड थियो ।

साथै प्रहरीले एक हजारबढी अधिकारीहरू तैनाथ गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.