भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

कोठामा बसेर निर्देशन नदिन मेयर बालेनलाई उपमेयर सुनिताको कडा चेतावनी

कोठामा बसेर निर्देशन नदिन मेयर बालेनलाई उपमेयर सुनिताको कडा चेतावनी

काठमाडौँ,  २१ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि कार्यालय फर्किएका छन्। संघीय मामिला मन्त्रालयको पत्रपछि गुरागाईं बिहीबार जिम्मेवारी सम्हाल्न पुगेका हुन्। तर, मेयर बालेन साहले नगर प्रहरी लगाएर उनलाई रोक्न खोजे पनि गुरागाईं कार्यालय प्रवेश गर्न सफल भए।

उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू र कर्मचारीले गुरागाईंको स्वागत गरे। तर, मेयर साहले कार्यकक्षमा ताला लगाएर बेपत्ता भएपछि विवाद चर्कियो। तालाबन्दीपछि उपप्रमुख डंगोलले बोर्ड बैठक हलमा अनौपचारिक छलफल गरिन् र मेयर साहको चर्को आलोचना गरिन्। “कोठामा बसेर निर्देशन दिने काम बन्द गर्नुस्,” डंगोलले मेयर साहलाई चेतावनी दिइन्। “मन्त्रालयले पठाएका अधिकृत हाजिर गर्न आउँदा झडपको अवस्था किन? कर्मचारी र नागरिकको हितमा काम गर्नुपर्छ।” उनले गुरागाईं दोषी ठहरिए कारबाही गर्न तयार रहेको बताउँदै तत्काल समस्या समाधानको माग गरिन्।

“हजारौँ कर्मचारीको तलब रोकिएको छ, क्यान्सर पीडितले सहायता पाएका छैनन्। यो तमासा किन?” डंगोलले प्रश्न गरिन्। उनले मेयर साहको व्यक्तिगत ‘इगो’ले महानगरवासी र कर्मचारीलाई दुःख दिएको आरोप लगाइन्। नगर प्रहरी प्रमुख राजु पाण्डेले ताला मेयरको मौखिक आदेशमा लगाइएको स्वीकार गरे। प्रवक्ता नविन मानन्धरसहित वडाध्यक्षहरूले पनि मेयरको कदमको विरोध गरे।

मेयर साहले लामो समयदेखि अधिकृतलाई रोकेर तलब रोक्का गरेको भन्दै कर्मचारी आक्रोशित छन्। गुरागाईं ताला लगाइएका कारण कार्यकक्ष बाहिरै बस्न बाध्य भए। उप-मेयर डंगोलले आजको समस्या समाधान गरेर बोर्ड बैठक बस्ने बताएकी छन्। यो घटनाले महानगरभित्रको आन्तरिक तनाव सतहमा ल्याएको छ।

 


Thali Mobile Pvt.Ltd.