भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कसैले उक्साहटमा ‘सत्ता सौदाबाजी’ गर्दिनँ, आफ्नो लोकप्रियता ८४ को चुनावमा देखाउँछुः केपी ओली

कसैले उक्साहटमा ‘सत्ता सौदाबाजी’ गर्दिनँ, आफ्नो लोकप्रियता ८४ को चुनावमा देखाउँछुः केपी ओली

काठमाडौँ । सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको जिकिर गरे ।

उनले भने, ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । कसैको उक्साहटमा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’

आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताए । प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरेर देखाएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको दावी गरे ।

केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उनले आफू कति लोकप्रिय छु भन्ने कुरा २०८४ को चुनावमा देखाउने ठोकुवा गरे ।

 


Thali Mobile Pvt.Ltd.