भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

कसैले उक्साहटमा ‘सत्ता सौदाबाजी’ गर्दिनँ, आफ्नो लोकप्रियता ८४ को चुनावमा देखाउँछुः केपी ओली

कसैले उक्साहटमा ‘सत्ता सौदाबाजी’ गर्दिनँ, आफ्नो लोकप्रियता ८४ को चुनावमा देखाउँछुः केपी ओली

काठमाडौँ । सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको जिकिर गरे ।

उनले भने, ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । कसैको उक्साहटमा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’

आफ्नो सरकारले नाकाबन्दीको सामना गरेको भन्दै कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताए । प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीका बेला चीनसँग व्यापार र पारवहन सम्झौता गरेर देखाएको स्मरण गर्दै राष्ट्रप्रति जनताको निष्ठापूर्ण भाव उत्पन्न हुनु राष्ट्रिय सुरक्षाको किल्ला भएको दावी गरे ।

केपी ओलीको साख घट्यो भन्ने प्रायोजित टिप्पणी भएको भन्दै उनले आफू कति लोकप्रिय छु भन्ने कुरा २०८४ को चुनावमा देखाउने ठोकुवा गरे ।

 


Thali Mobile Pvt.Ltd.