भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘बीआरआई सम्झौता’ कार्यन्वयन बारे बुझ्न ओली चीन भ्रमणको तयारीमा

‘बीआरआई सम्झौता’ कार्यन्वयन बारे बुझ्न ओली चीन भ्रमणको तयारीमा

काठमाडौं । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगको सम्झौता (बीआरआई)को प्रगतिबारे फलोअप गर्न निर्देशनसमेत दिइएको उनको सचिवालयले जनाएको छ ।

सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसकेको र अब कार्यान्वयनमा ढिलासुस्ती हुन नदिन चिनियाँ पक्षले चासो देखाइरहेका बेला ओलीको बेइजिङ भ्रमण महत्वपूर्ण सावित हुने स्रोतको दावी छ । चौथोपल्ट प्रधानमन्त्री बनेका ओली राष्ट्रसंघ महासभामा भाग लिने क्रममा अमेरिका पुगेका थिए ।

त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेट पनि गरेका थिए । तर उनीहरुबीच सौहार्दता भने हुन नसकेको सहभागि नेताहरुको भनाइ छ । चीनसँगको आर्थिक विकास फ्रेमवर्क बीआरआई, ऊर्जा तथा व्यापार लगायत विषयमा गहन छलफल अघिबढिसकेको बालुवाटार स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.