भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भ्रष्टाचारका सबै फाइल खोल्न प्रधानमन्त्री ओलीलाई एमाले केन्द्रीय कमिटीको दवाव

भ्रष्टाचारका सबै फाइल खोल्न प्रधानमन्त्री ओलीलाई एमाले केन्द्रीय कमिटीको दवाव

काठमाडौं । अनियमिततामा मुछिएका जोसुकै नेताविरुद्ध निर्ममतापूर्वक प्रस्तुत हुन र भ्रष्टाचारमा लिप्त रहेका सबै प्रकरणको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्‍याउन नेकपा एमाले केन्द्रीय कमिटीले सरकारको ध्यानाकर्षण गरेको छ। केन्द्रीय कमिटी बैठकले भ्रष्टाचारको अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधनस्रोतले युक्त बनाउन आग्रह गर्दै भ्रष्टाचारजन्य सबै प्रकरणको अनुसन्धान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन ।

एमाले केन्द्रीय कमिटी बैठकपछि १४ बुँदामा प्रस्ताव पारित गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेका कामलाई थप प्रभावकारी बनाउन आग्रह गरेको हो ।भ्रष्टाचारजन्य कार्यमा संलग्न जोकोहीलाई सरकारले अनुहार हेरेर चुप नबस्न नेताहरुले अनुरोध गरेका हुन । बैठकको समापनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टीभित्र अब कुनै पनि पूर्वसमूहहरू कायम नरहेको र सबै वर्तमान एमालेको भरभराउँदो पंक्ति भएको बताए ।

आठौं बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूह कायम नरहेको र त्यस्ता पूर्वसमूह खोजेर कारबाही गरिने भन्दै तेता तिर नलाग्न सबैलाई आग्रह गरे ।बैठकले तीन महिने वडा केन्द्रित कार्ययोजना अनुमोदन गरेको छ। जसअनुसार एमाले नेता–कार्यकर्ता माघदेखि चैतसम्म तीन महिनासम्म वडा केन्द्रित कार्यक्रममा जुट्नेछन् ।

जसलाई एमालेले ‘एमाले गाउँ पस्ने योजना’ बनाएको छ। यसअघि एमाले संगठन विभागले माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेको थियो। सोही प्रस्तावका आधारमा आठौं केन्द्रीय कमिटी बैठकले तीन महिने कार्ययोजनासहितको कार्यक्रम बनाएको हो।

 


Thali Mobile Pvt.Ltd.