भर्खरै : Sorry, your browser does not support inline SVG.
जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध |

ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने, शपथ भोलि खुवाइने

ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने, शपथ भोलि खुवाइने

काठमाडौं । नयाँ प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपति रामचन्द्र पौडेलले आज गर्ने भएका छन् । नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका थिए ।आह्वानअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् ।

राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.