भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीद्धारा सरकारको पाँच प्राथमिकता प्रस्तुत

प्रधानमन्त्रीद्धारा सरकारको पाँच प्राथमिकता प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् । प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्ने क्रममा आइतबार प्रधानमन्त्री ओलीले सरकारको पाँच प्राथमिकता प्रस्तुत गरेका हुन् ।

१.थालेको काम सक्ने

प्रधानमन्त्री ओलीले सरकारको पहिलो प्राथमिकतामा थालेको काम सक्ने बताएका छन् । वर्षौंदेखि अलपत्र रहेको अथवा पूरा हुन नसकिरहेका परियोजना सम्पन्न गर्नु आफू नेतृत्वको सरकारको प्राथमिकता रहेको ओलीले बताएका छन् ।

२.अन्तर्राष्ट्रिय व्यापार सुरु

प्रधानमन्त्री ओलीले अहिले मुलुकले व्यापार घाटा बेहोर्ने नभएर आयात मात्र गर्ने अवस्था रहेको सुनाएका छन् । अर्थात् व्यापार नै नभएकाले व्यापार घाटा भन्न नसकिने निष्कर्ष सुनाएका प्रधानमन्त्री ओलीले अब उत्पादनमा जोड दिने बताए । उत्पादनका विभिन्न क्षेत्रको पहिचान, लगानीको व्यवस्था लगायत कामलाई प्राथमिकता दिइने उनले बताए । त्यसका लागि ६ वटा मन्त्रालयबीच समन्वय हुनेछ ।

३.गरिबी, अभाव र भोकमरीको अन्त्य

सरकारको तेस्रो प्राथमिकतामा गरिबी, अभाव र भोकमरीको अन्त्य गरिने प्रधानमन्त्रीले बताए । अहिले पनि ६० लाख मानिस गरिबीको रेखामुनि रहेकाले सरकारको प्राथामिकतामा यसलाई तेस्रो नम्बरमा राखिएको प्रधानमन्त्रीले बताए ।

४.बजेट संशोधन

सरकारको चौथो प्राथामिकतामा चालु आर्थिक वर्षको बजेट आवश्यक संशोधन रहेको प्रधानमन्त्री ओलीले बताएका छन् । सरकार अभिछिन्न उत्तराधिकारीवाला संस्था भए पनि आवश्यक कार्यक्रम, नीति र बजेट नै संशोधनलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्रीले बताए ।

५.भ्रष्टाचार अन्त्य र सुशासन

प्राथमिकताको अन्तिम नम्बरमा सुनाए पनि प्रधानमन्त्री ओलीले सुशासनलाई जोडका साथ अगाडि बढाउने बताए । सुशासन कायम हुने प्रतिबद्धता जनाइरहँदा प्रधानमन्त्री ओलीले सहकारी पीडित जोसुकै भए पनि कारबाही हुने पनि बताए ।

 


Thali Mobile Pvt.Ltd.