भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए ।

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने उनले बताए ।उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं ।’

भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको भन्दै उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानुन कारबाही अगाडि बढाउँछौं ।’

 


Thali Mobile Pvt.Ltd.