भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

संविधान संशोधनका विषयमा भ्रम फैलाइएको छःप्रधानमन्त्री ओली

संविधान संशोधनका विषयमा भ्रम फैलाइएको छःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् ।आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनीत भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएको बताए ।

अहिलेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उनले बताए । ओलीले एमाले सही विचार बोकेर देश केन्द्रित, परिवर्तन केन्द्रित कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे । उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गरे । एमालेभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.