भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सुडानमा विद्रोही सेनाको आक्रमणबाट २३ जनाको मृत्यु

सुडानमा विद्रोही सेनाको आक्रमणबाट २३ जनाको मृत्यु

काठमाडौं । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर गरेको आक्रमणमा २३ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एउटा स्वास्थ्य चौकीलाई लक्षित गरेर रकेट प्रहार गरेको थियो । एलफशरको दक्षिणी भागमा सरकारी उपस्थिति नरहेकाले यसबारेमा सुडानको आधिकारिक सरकारले कुनै पनि टिप्पणी र धारणा सार्वजनिक गरेको छैन ।

गएको मे १० तारिखदेखि अलफशरमा सुडानी सशस्त्र बल ९एसएएफ० र आरएसएफबीच ठूला झडप भइरहेका छन् । सुडानमा सन् २०२३ को अप्रिल १५ देखि सशस्त्र प्रहरी बल र आरएसएफबीच भएका लडाइँमा १६ हजार ६ सय ५० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सुडानमा अहिले एक करोड सात लाख जना मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् २२ लाख जनाले अन्य छिमेकी देशहरूमा शरण खोजिरहेका छन् ।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.