भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

सडकमा नयाँ आयोजना नथप्न प्रधानमन्त्रीको निर्देशन

सडकमा नयाँ आयोजना नथप्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिएका छन् । सडक विभागले आइतबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले थालेको काम सक्ने सरकारको प्राथमिकता भएको बताए ।

रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै उनले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न भनेका हुन् । उनले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिएका छन् । ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऊँ’, उनले भने, ‘जसो तसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ ।’

 

 


Thali Mobile Pvt.Ltd.