भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्छः ओली

उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् । एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । बजेट कार्यान्वयनबारे आफूले सरकारसँग कुरा गरिरहेको उनले उल्लेख गरे ।
उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोगलगायत कार्य नेपालले गर्न सके मात्र मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण गरिनुपर्नेमा जोड दिए

 


Thali Mobile Pvt.Ltd.