भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने अभियान पछिल्लो समयका घटनाक्रमले प्रभावित भएको बताएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा नेकपा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विकासको गन्तव्य केही दशक पछाडि धकेलिएको बताएका हुन् ।

उनले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमका कारण विकासको यात्रा प्रभावित भए पनि त्यसलाई असफलता वा पराजयका रूपमा बुझ्न नहुने जिकिर गरे । आफ्नो कार्यकालमा अघि बढाइएका सामाजिक क्षेत्रका सुधारलाई समाजवादउन्मुख कदमका रूपमा व्याख्या गर्दै उनले ती कामले समाजवादको आधार निर्माणमा योगदान पुर्‍याएको बताए ।

ओलीले सडक बालबालिकामुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवको व्यवस्थापन तथा माग्ने प्रथाको अन्त्यका लागि गरिएका प्रयासलाई सरकारको जिम्मेवार व्यवहारको उदाहरणका रूपमा प्रस्तुत गरे । त्यस्तै, ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि सञ्चालन गरिएको ‘खोलौँ खाता’ अभियानलाई उनले मानवतावादी कार्यको संज्ञा दिए ।

‘हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ । हामीले समाजवादको आधार निर्माण गर्ने क्रममा सामाजिक क्षेत्रमा विभिन्न काम गरेका थियौँ,’ ओलीले भने । समृद्धिको यात्राबारे धारणा राख्दै उनले सुखी नेपाली बनाउने लक्ष्य हासिल गर्न पहिले नागरिकका दुःख र समस्याको निवारण गर्नुपर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.