सल्यान । बनगाड कुपिन्डे नगरपालिका ८ मा अवस्थित कुपिन्डे तालमा गर्मी छल्न जाने आन्तरिक पर्यटक बढ्दै छन् । यस याममा गर्मी छल्न तथा मनमोहक सो तालको अवलोकन गर्न दाङ, सल्यानका पर्यटक बढ्न थालेका हुन्।स्थानीयहरुका अनुसार अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ पर्यटक पुग्ने गरेका छन्। पछिल्लो समयमा सामाजिक सञ्जाल तथा अन्य विभिन्न सञ्चारका माध्यमबाट यस तालको प्रचार पनि भइरहेकाले यसको अवलोकन गर्नुको साथै डुङ्गा सयरका लागि आन्तरिक पर्यटक जाने गरेका स्थानीयले जानकारी दिएका छन्।
चारैतिर वनजङ्गल र ती जङ्गलको बीचमा अवस्थित छ, कुपिन्डे ताल। हरियाली जङ्गल र मिलेका डाँडाका बीचमा रहेको पो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ। हुनत अरु याममा पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। यतिखेर झन् गर्मी सुरु भएकाले शीतलताको अनुभूति लिन र तालको अवलोकन गर्न पर्यटकहरु त्यहाँ जाने गरेका छन्। त्यहाँ पुगेपछि तालको कञ्चन पानीले पर्यटकलाई लोभ्याउने गर्दछ। साथै पर्यटकहरु डुङ्गामा सयर गर्ने, तस्बिर खिच्ने र तालको अवलोकन गरी रमाउने गर्दछन्।
पर्यटकीय तथा धार्मिक, सांस्कृतिक महत्वको स्थलका रुपमा समेत चिनिने कुपिन्डे ताल अवलोकनका लागि तुलसीपुर उपमहानगरपालिका (६ बाट यहाँ पुग्नुभएका २३ वर्षीय नवीन अधिकारी तालको अवलोकनबाट आनन्दको अनुभूति गरेको बताए। अधिकारीले चार घण्टा समय ताल क्षेत्रमा बिताएको बताउनुभयो। तालको सुन्दरताबाट लोभिएको उनले सुनाउनुभयो। प्राकृतिक रुपमा मनोरम ताललाई स्वदेश तथा विदेशमा चिनाउन प्रचारप्रसार गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिका(६ का ४७ वर्षीय राधा रजौरेले बताए।
उनले यस दहको संरक्षण र पर्यटकीय संरचनाको निर्माण गर्न सके विदेशी पर्यटक पनि आकर्षित हुनसक्ने धारणा राखे। उनले भने, ‘यसलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सके सल्यानको मात्र नभइ छिमेकी जिल्लाका मुहार फेरिन पनि सक्छ। मनमोहक दह र यस वरपरको प्राकृतिक सौन्दर्यले सबैलाई आकर्षित गर्न सक्दछ।’सल्यान जिल्लाका विभिन्न धार्मिक मठ मन्दिरमा दर्शन तथा पूजाआरधना गर्न गएका भक्तजनहरु कुपिन्डे दह र यहाँको बराह मन्दिरसम्म पुग्ने गरेका छन्।त्यसैले यस ताललाई धार्मिक तथा पर्यटकीय पर्यटनसँग जोड्न सकिने यहाँ आउने पर्यटकको भनाइ छ।
बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुग्नुभएका ४८ वर्षीय भीमप्रसाद रेग्मी तालमा रमाइरहेका थिए। उनी तालमा डुङ्गा चढेर जलविहार गर्ने र तस्बिर लिने काममा व्यस्त थिए। ताल हेर्न पुगेकी तुलसीपुर उपमहानगरपालिका(५ की ४८ वर्षीया राधा योगीले तालको संरक्षण तथा विकासका लागि ध्यान दिन स्थानीय सरकार र कर्णाली प्रदेश सरकारलाई आग्रह गरिन्। उनी भन्छिन्, ‘ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण र सम्बद्र्धनका लागि सरकारको ध्यान पुग्नु जरुरी छ।’
तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न र ताल वरपर होटल तथा चमेना गृह सञ्चालन गर्न सकिएमा ताल घुम्न जाने पर्यटकलाई सुविधा पुग्ने उनले बताए। कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको चर्चा सुरु भएको बताए। उनका अनुसार यस तालको आफ्नै विशेषता छ। वरिपरि घना जङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन् या यहाँका चराले छेउसम्म धकेल्दै लैजाने गरेको पनि देखिन्छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय जातका माछाको बासस्थान पनि हो।
कुपिन्डे तालको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार दुई सय मिटर र चौडाइ सरदर साढे तीन सय मिटर छ। तालको क्षेत्रफल भने यकिन छैन। तालमा पानी कहाँबाट आउँछ र कहाँबाट बाहिरिन्छ भन्ने स्पष्ट रुपमा देखिँदैन। स्थलगत रुपमा हेर्दा यसको मुहान देखिँदैन र निकास पनि भेटिँदैन। देखिने गरी तालको निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान छ। बनगाँड कुपिन्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले तालको विकासका लागि आफू लागिपरेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपालकै चर्चित, धार्मिक एवं एतिहासिक महत्वको तान्त्रिक विधियुक्त प्रसिद्ध माछामार्ने जात्रा सुरू हुदैछ । नवदुर्गा देवगणको ‘ङालाकेगु जात्रा’ अर्थात माछा मार्ने जात्राका रुपमा परिचित याे नाच प्रत्यक...
भक्तपुर । एकमहिने माधवनारायण व्रत एवं मेलाको दोस्रो दिन आज भक्तपुरको प्रसिद्ध हनुमानघाटस्थित त्रिवेणीधाममा वर्तालुको भिड लागेको छ । हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यहाँ मेलालाग्ने गरेको...
तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी भएपनि घुम्न आउनेको संख्या ह्वातै बढेको छ । चिसो मौसममा पर्यटकीय गन्तव्य बनेको यहाँ यो मौसममा आन्तरिक पर्यटक बढेपछि...
हुम्ला । गएरातिदेखि भएको हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा भारी हिमपात भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । दुई इञ्चसम्म हिउँ जमेको छ भने...