भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जनाको मृत्यु, टेलिकम सेवा नहुँदा सम्पर्क विच्छेद

पहिरोमा पुरिएर बझाङमा एकै परिवारका ४ जनाको मृत्यु, टेलिकम सेवा नहुँदा सम्पर्क विच्छेद

काठमाडौं । बझाङमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर एकै परिवारको ४ जनाको मृत्यु भएको हो । पहिरोले एक घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु र ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी , र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ।

पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष ३० को उज्जवल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ती धामी र पाहुना सोही नगरपालिका ९ बस्ने वर्ष ७१ को अम्बादत्त जोशीको सकुशल उद्धार गरिएको थियो।

पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको र सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन। पहिरोले घर पूर्ण रुपमा बगाएको छ। उक्त घरमा रहेका ५ वटा बाख्रा पनि बगाएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.