भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाढीमा वेपत्ता भनिएका शेर्पा आफ्नै घरमा भेटिए

बाढीमा वेपत्ता भनिएका शेर्पा आफ्नै घरमा भेटिए

काठमाडौं । थामे बाढीमा वेपत्ता भनिएका निमानुरु सेर्पा सुरक्षित रहेका छन् । उनी आफ्नै घरमा सकुशल रहेको प्रहरीले जनाएको छ । थामेभन्दा माथि उनको आफ्नो घर रहेको उक्त घरमा सकुशल रहेको प्रहरीले जनाएको छ ।

बाढी आउनुअघिसम्म थामेमा देखिएका उनी पछि नदेखेपछि स्थानीयले बेपत्ता भएको प्रहरीलाई जानकारी गराएका थिए । पर्यटकीय वस्ती थामेमा बाढी र पहिरोका कारण होटेलसमेत गरी १७ घर, एउटा विद्यालयको छात्राबास र एउटा क्लिनिकमा क्षति पुगेको छ ।

गत शुक्रबार हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.