भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

‘एआई’ले ट्राफिक प्रहरीलाई आराम, स्मार्ट लाइटबाट सडक व्यवस्थापन स्वचालित

‘एआई’ले ट्राफिक प्रहरीलाई आराम, स्मार्ट लाइटबाट सडक व्यवस्थापन स्वचालित

मुख्य बुँदाहरू 

इन्टेलिजेन्ट ट्राफिक लाइट प्रणाली लागू

स्वचालित बत्ती संचालन

भीआईपी र मन्त्रीहरू पनि नियममा बाँधिए

भेइकल डिटेक्टर प्रविधि प्रयोग

नयाँ स्थानमा विस्तारको तयारी

काठमाडौँ, ९ साउन । ललितपुर महानगरपालिका क्षेत्रका प्रमुख चोकहरूमा जडान गरिएको ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ (आईटीएलएस) ले ट्राफिक प्रहरीलाई सहज र व्यवस्थित काम गर्न मद्दत पुर्‍याएको छ।

जावलाखेल, पुलचोक, दमकलचोक, एकान्तकुना र भैँसेपाटी जस्ता व्यस्त स्थानहरूमा अब ट्राफिक प्रहरीको साटो स्मार्ट ट्राफिक लाइटले सवारी चापको अनुसारमा सडक व्यवस्थापन गरिरहेको छ। सिंहदरबार–मन्त्रीनिवास मार्ग भएर हुने भीआईपी सवारी व्यवस्थापन, ट्राफिक जाम न्यूनीकरण तथा दुर्घटना रोकथामका लागि ललितपुर महानगरपालिकाले यो प्रविधि प्रयोगमा ल्याएको हो।

ललितपुर सुरक्षा बल प्रमुख सीताराम हाछेथुका अनुसार, “अब ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउनु पर्दैन, सिठी फुक्नु पर्दैन। बत्ती आफैं सवारीको चाप अनुसार व्यवस्थापन गर्छ।” उनका अनुसार अहिले सवारीको चाप बढी भएको दिशातर्फ हरियो र कम चाप भएको दिशातर्फ रातो बत्ती बल्ने गरी प्रणाली चलाइएको छ। यो प्रणालीले पैदल यात्री र सवारी चालक दुवैका लागि समय र सजिलो सुनिश्चित गरेको छ।

“पहिला भीआईपी आउँदा नियम तोडेर बत्ती खुलाउनुपर्ने दबाब हुन्थ्यो। अहिले चाहिँ मन्त्रीहरू पनि नियम पालना गर्न बाध्य हुनु भएको छ,” हाछेथुले भने। यस प्रणालीमा जडान गरिएको भेइकल डिटेक्टर मेसिनले सवारीसाधनको संख्या गणना गरी सर्भरमा जानकारी पठाउँछ र त्यस अनुसार लाइटको समय व्यवस्थापन हुन्छ। अधिकतम एक मिनेटभित्र बत्ती फेरबदल हुने भएकाले आवतजावत सहज भएको जनाइएको छ।

स्मार्ट ट्राफिक लाइट प्रणालीले सवारी दुर्घटनामा समेत उल्लेखनीय कमी ल्याएको महानगरको दाबी छ। ललितपुर महानगरपालिकाले यस आर्थिक वर्षमा ग्वार्को, बल्खु, सातदोबाटोमा समेत थप तीन स्थानमा यो प्रणाली विस्तार गर्ने तयारी गरेको छ। नेपालमा यो प्रकारको स्वचालित प्रणाली पहिलोपटक प्रयोग गरिएको हो। ललितपुर महानगर अब स्मार्ट सिटीको नमूना रूपमा अगाडि बढ्ने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.