भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरुद्धको अविश्वास प्रस्ताव

कांग्रेसका दुई सांसदले फिर्ता लिए लामाविरुद्धको अविश्वास प्रस्ताव

हेटौंडा, १३ साउन । बागमती प्रदेशमा जारी राजनीतिक संकट नयाँ मोडमा पुगेको छ । कांग्रेसका सांसद माया श्रेष्ठ र मिना पराजुलीले मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफूहरूलाई जानकारी नदिई प्रस्तावमा हस्ताक्षर गराइएको भन्दै असहमति जनाएका छन् । विज्ञप्तिमा उल्लेख छ, “हामीलाई जानकारी नदिई अविश्वास प्रस्तावमा हस्ताक्षर गरिएको हुँदा उक्त प्रस्तावबाट फिर्ता लिन्छौं र संसदीय दलका नेता बहादुर सिंह लामालाई समर्थन गर्दछौं ।”

११ साउनमा मिति उल्लेख गरिए पनि विज्ञप्ति मंगलबार सार्वजनिक भएको हो । ९ साउनमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहित २१ जना सांसदले लामाविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर अब दुई सांसदको फिर्ता पछि बानियाँ पक्षको संख्या घटेर १९ पुगेको छ भने लामाको पक्षमा १८ सांसद पुगेका छन् ।

संसदीय दलमा कुल ३७ जना सांसद छन् । दलको नेता हुन १९ जनाको समर्थन आवश्यक पर्ने भएकाले अब बहुमतको टुंगो मत विभाजनबाट हुने सम्भावना देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.