भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० मिर्गाैला प्रत्यारोपण, वार्षिक प्रतिवेदन सार्वजनिक

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० मिर्गाैला प्रत्यारोपण, वार्षिक प्रतिवेदन सार्वजनिक

भक्तपुर,  १३  साउन  । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत असार महिनामा मात्र ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सीमित स्रोत र जनशक्तिका बीचमा यस्तो संख्यामा मिर्गाैला प्रत्यारोपण गर्नु नेपालकै लागि मात्र नभई अन्तर्राष्ट्रिय मापदण्डमा पनि दुर्लभ मानिने सफलता भएको बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा केन्द्रले १८६ मिर्गौला र ८ कलेजोको प्रत्यारोपण गरेको छ। मिर्गौला प्रत्यारोपण गराउने बिरामीहरू १४ देखि ७१ वर्षसम्मका थिए । तीमध्ये १५५ जना बिरामी २० देखि ४९ वर्ष उमेर समूहका थिए भने बाँकी अन्य उमेर समूहका थिए । पुरुष बिरामीको संख्या १३६ रहेको थियो भने महिला बिरामी ५० जना थिए । मिर्गाैला दान गर्नेमा भने १३० जना महिला र ५५ जना पुरुष रहेका थिए ।

केन्द्रले आफ्नो स्थापनाकालदेखि हालसम्म १,४७१ मिर्गौला र ३४ कलेजोको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ । पछिल्लो वर्ष केन्द्रको टोलीको सहकार्यमा प्रादेशिक अस्पतालहरू सुर्खेत, पोखरा र भेरीमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गर्नु पनि गत वर्षको एउटा महत्वपूर्ण उपलब्धि हो ।

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । केन्द्रले हाल दुई प्रदेशमा सेवा सुरु गरिसकेको छ र बाँकी प्रदेशहरूमा छिट्टै सेवा विस्तारको तयारी भइरहेको छ । तर, सरकारबाट समयमै आवश्यक जग्गा उपलब्ध नगराइएकाले सेवा विस्तारमा ढिलाइ भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले गुनासो गरे ।

 


Thali Mobile Pvt.Ltd.