भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० मिर्गाैला प्रत्यारोपण, वार्षिक प्रतिवेदन सार्वजनिक

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै ३० मिर्गाैला प्रत्यारोपण, वार्षिक प्रतिवेदन सार्वजनिक

भक्तपुर,  १३  साउन  । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत असार महिनामा मात्र ३० जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सीमित स्रोत र जनशक्तिका बीचमा यस्तो संख्यामा मिर्गाैला प्रत्यारोपण गर्नु नेपालकै लागि मात्र नभई अन्तर्राष्ट्रिय मापदण्डमा पनि दुर्लभ मानिने सफलता भएको बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा केन्द्रले १८६ मिर्गौला र ८ कलेजोको प्रत्यारोपण गरेको छ। मिर्गौला प्रत्यारोपण गराउने बिरामीहरू १४ देखि ७१ वर्षसम्मका थिए । तीमध्ये १५५ जना बिरामी २० देखि ४९ वर्ष उमेर समूहका थिए भने बाँकी अन्य उमेर समूहका थिए । पुरुष बिरामीको संख्या १३६ रहेको थियो भने महिला बिरामी ५० जना थिए । मिर्गाैला दान गर्नेमा भने १३० जना महिला र ५५ जना पुरुष रहेका थिए ।

केन्द्रले आफ्नो स्थापनाकालदेखि हालसम्म १,४७१ मिर्गौला र ३४ कलेजोको सफल प्रत्यारोपण गरिसकेको जनाएको छ । पछिल्लो वर्ष केन्द्रको टोलीको सहकार्यमा प्रादेशिक अस्पतालहरू सुर्खेत, पोखरा र भेरीमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गर्नु पनि गत वर्षको एउटा महत्वपूर्ण उपलब्धि हो ।

स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमा अङ्ग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । केन्द्रले हाल दुई प्रदेशमा सेवा सुरु गरिसकेको छ र बाँकी प्रदेशहरूमा छिट्टै सेवा विस्तारको तयारी भइरहेको छ । तर, सरकारबाट समयमै आवश्यक जग्गा उपलब्ध नगराइएकाले सेवा विस्तारमा ढिलाइ भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले गुनासो गरे ।

 


Thali Mobile Pvt.Ltd.