भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

एसईईको पहिलो दिनमै रौतहटमा ठूलो संख्यामा मोबाइल बरामद

एसईईको पहिलो दिनमै रौतहटमा ठूलो संख्यामा मोबाइल बरामद

रौतहट । एसईईको पहिलो दिनमै रौतहटमा ठूलो संख्यामा मोबाइल बरामद भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि ठूलो संख्यामा माबाइल बरामद भएको हो । विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइबरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यो वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ।

प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो। यद्यपि परीक्षार्थीहरूले मोबाइल लुकाएर परीक्षा हलमा लैजाने प्रयास गरेपछि विशेष चेकजाँच गरिएको थियो, जसअन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। रौतहटका विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्न खोजेपछि कडा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो।

यसैगरी मौलापुर नगरपालिका–५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्‍याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन्। पक्राउ परेका दुवैजनाको प्रहरीले नाम खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भंग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

विगतका वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट चिट पुर्‍याउने कार्य व्यापक बनेपछि यसपालि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा पारिएको हो। परीक्षा प्रणालीलाई पारदर्शी बनाउन गरिएको यो कडाइका बाबजुद ४२४ मोबाइल बरामद हुनुले अझै प्रभावकारी निगरानी आवश्यक रहेको देखिएको छ।

परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका–५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षाकेन्द्रमा एक परीक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन्।

 


Thali Mobile Pvt.Ltd.