भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत

ट्रम्प र जेलेन्स्की युक्रेनमा आंशिक युद्धविराम गर्न सहमत

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले बुधवार फोनमा रूस र युक्रेन बीच आंशिक युद्धविराम गर्न सहमत भएका छन्। ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलवार आफ्नो फोन वार्तामा युक्रेनमा शान्ति ऊर्जा र पूर्वाधार युद्धविरामबाट शुरु हुने कुरामा सहमति जनाएको एक दिनपछि यो छलफल भएको हो।

अमेरिकी र युक्रेनका प्राविधिक टोलीहरू आगामी दिनहरूमा साउदी अरेबियामा भेट्ने बताइएको छ। जसले युक्रेनमा पूर्ण युद्धविरामको बाटोमा छलफल गर्नेछन्। ट्रम्प र जेलेन्स्कीले कुस्र्कको अवस्थाको बारेमा छलफल गरेका थिए।

युद्धक्षेत्रको अवस्था विकसित हुँदै जाँदा आफ्ना रक्षा कर्मचारीहरू बीच नजिकबाट जानकारी साझा गर्न सहमत भएको बताइएको छ । फोन वार्ताको क्रममा जेलेन्स्कीले थप वायु रक्षा प्रणालीहरू विशेष गरी प्याट्रियट मिसाइल प्रणालीहरूको लागि अनुरोध गरे।

 


Thali Mobile Pvt.Ltd.