भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेश र कम कर्णाली प्रदेशको

सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेश र कम कर्णाली प्रदेशको

काठमाडौं । प्रदेशहरुमा सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको बागमती प्रदेशले बजेट बढाएको छ। बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

बागमतीले चालु आवको तुलनामा करिब दुई अर्ब रुपैयाँले बढी हो। चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्।

सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । गण्डकी प्रदेशले चालु आवको तुलनामा करिब एक अर्ब रुपैयाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो।

चालु आवमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ।

लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ पुर्‍याएको छ। चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो।

सबै भन्दा कम कर्णाली सरकारले दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

 


Thali Mobile Pvt.Ltd.