काठमाडौं । प्रदेशहरुमा सबैभन्दा ठूलो आकारको बजेट प्रस्तुत गरेको बागमती प्रदेशले बजेट बढाएको छ। बागमतीले आगामी आवका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
बागमतीले चालु आवको तुलनामा करिब दुई अर्ब रुपैयाँले बढी हो। चालु आवमा बागमतीले ६२ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्।
सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । गण्डकी प्रदेशले चालु आवको तुलनामा करिब एक अर्ब रुपैयाँ आकार घटाएर ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। चालु आवमा गण्डकी प्रदेशले ३३ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो।
चालु आवमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको कोशी प्रदेशले आगामी आवका लागि ८६ करोड घटाएर ३५ अर्ब २७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मधेश प्रदेशले पनि चालु आवको करिब २२ करोड रुपैयाँ घटाएर ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ।
लुम्बिनी प्रदेशले चालु आवको तुलनामा डेढ अर्बले घटाएर ३८ अर्ब ९५ करोड ९५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी आवका लागि सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेट बढाएर ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ। चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको थियो।
सबै भन्दा कम कर्णाली सरकारले दुई अर्बले बजेटको आकार घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आवमा कर्णालीले ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके उनीहरुको भविष्य उज्ज्वल हुने बताउँनु भएको छ । भक्तपुर नगरपालिकाद्वारा...
सिड्नी । अष्ट्रेलियामा नेपाली व्यवसायी सम्मानीत भएका छन् । सिड्नीका युवा उद्यमी तथा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) सम्मानीत भएका हुन । उनलाई न्यू साउथ वेल्स राज्य सरकारले विशेष...
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो । गएको आइतवार आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता...
काठमाडौं । अभाव भए सरकारले ठोस कदम चाल्ने चेतावनी दिएको छ । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चालने चेतावनी दिएको हो । कसैले ग्यास...