एजेन्सी । टेम्पो ट्रयाभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ। उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको घटनामा १३ जना घाइते भएका छन्।
नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस १५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ। ‘स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् ।
यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन’, गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भने, ‘हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ।’
राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए। घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...