भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टेम्पो ट्रयाभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु, १३ जना घाइते

टेम्पो ट्रयाभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु, १३ जना घाइते

एजेन्सी । टेम्पो ट्रयाभलर गहिरो खाडलमा खस्दा १० जनाको मृत्यु भएको छ। उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको बद्रीनाथ राजमार्गमा शनिबार भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको घटनामा १३ जना घाइते भएका छन्।

नोएडाबाट रुद्रप्रयाग जाँदै गरेको बस १५० मिटर गहिरो खाडलमा खसेको थियो । घटनाको छानबिनका लागि मजिस्ट्रेटलाई आदेश दिइएको छ। ‘स्थानीय प्रशासन, बासिन्दा र एसडिआरएफ उद्धार र राहत कार्यमा संलग्न छन् ।

यात्रा गर्ने पर्यटकको सङ्ख्या अझै स्पष्ट भइसकेको छैन’, गढवाल आइजी केएस नागन्यालले एएनआईलाई भने, ‘हामीले आठ जनाको शव निकालेका छौँ र नौ जनालाई अस्पताल लगिएको छ । चालकलाई गहिरो चोट पनि लागेको छ।’

राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) र प्रहरी अधिकारीहरू तुरुन्तै उद्धार कार्यका लागि घटनास्थलमा पुगेका थिए। घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै गम्भीर घाइते यात्रुहरूलाई एम्स ऋषिकेशमा हेलिकोप्टरमार्फत लगिएको र राम्रो उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।

 


Thali Mobile Pvt.Ltd.