भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

संसार भर रहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति स्तूप रामग्राम हो: उपाध्यक्ष डा. लामा

संसार भर रहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति स्तूप रामग्राम हो: उपाध्यक्ष डा. लामा

लुम्बिनी । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले उक्त कार्यक्रमको दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको अस्तुधातु रहेको नवलपरासीको रामग्राममा दोस्रो रामग्राम महोत्सवको शुक्रबार उद्घाटन गरेका हुन ।संसार भररहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति स्तूप रामग्राम होस्: उपाध्यक्ष डा. लामा द्वारा उद्घाटन

मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, वैप्दिप, पावा र कुशिनगरलाई अस्थि बाँडिएको थियो । बुद्धको मामावली तर्फका प्राचीन कोलिय गणराज्य(रामग्राम) का राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेको मान्यता रहेको छ ।

बुद्धिष्ट सोसाइटी, लुम्बिनी विकास कोष सहितको संयुक्त आयोजना आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष डा। लामाले बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्तु सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम भएको भन्दै यो संसार भररहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति रहेको बताए ।संसार भररहेका बौद्धमार्गीहरुको साझा सम्पत्ति स्तूप रामग्राम होस्: उपाध्यक्ष डा. लामा द्वारा उद्घाटन

करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

बुद्धको महापरिनिर्वाण पश्चात् बुद्धको अस्तुधातु आठ भाग लगाइएको र त्यस मध्येको एक भाग रामग्राग रहेको हो।

 


Thali Mobile Pvt.Ltd.