भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भविष्यमा आउनसक्ने महामारीका लागि तयारी गरौंः गेब्रेयसस

भविष्यमा आउनसक्ने महामारीका लागि तयारी गरौंः गेब्रेयसस

एजेन्सी । । भविष्यमा आउनसक्ने महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका छन्।
सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।

गेब्रेयससले गाजापट्टीका लागि राहत प्रयास तीव्र पार्न आह्वान गर्दै महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमी हटाउन ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे। उनले मे महिनामा अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्कालका रूपमा कोभिड–१९ अन्त्य घोषणा गरेका थिए। ‘तीन वर्षको सङ्कट, पीडा र जतातजै मानिसहरूको क्षतिपछि यो संसारका लागि एउटा महत्त्वपूर्ण मोड हो, जनजीवन सामान्य भएको देखेर मलाई खुशी लागेको छ’, उनले भने।

गेब्रेयससले १० महिनापछि डब्लूएचओले सन् २०२३ मेमा एमपक्समा पनि यस्तै आपत्काल हटाएको बताए। मंगलबार डब्लूएचओको ७५औँ वर्ष समापन गर्दै उनले आपतकालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्न विश्वको तयारी कम नै रहेको बताए। ‘तर राष्ट्रहरूले महामारीको खतरामा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ’ उनले भने, ‘विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नमहामारी सम्झौताको डिजाइन गरिएको छ।’

जलवायु परिवर्तनको स्वास्थ्य प्रभावहरूलाई केही साताअघि आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–२८ मा प्रमुखरूपमा देखाइएको टेड्रोसले बताए। ‘यद्यपि सन् २०२३ पनि स्वास्थ्यका लागि अत्यधिक र बच्न सकिने पीडा तथा खतराहरूको वर्ष रह्यो’, उनले भने।

यो वर्ष डब्लूएचओले मलेरिया, डेङ्गु र मेनिनजाइटिसका लागि नयाँ खोपहरू स्वीकृत गरेको छ । यसैबीच अजरबैजान, बेलिज र ताजिकिस्तानलाई मलेरिया मुक्त घोषणा गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.