भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ठेका लिने तर काम नगर्ने चार कम्पनी कालो सूचीमा

ठेका लिने तर काम नगर्ने चार कम्पनी कालो सूचीमा

काठमाडौं । सरकारले ४ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक भारतीयसहित ४ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

आयोजनाको ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीहरूलाई २ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो । कालो सूचीमा पर्ने ३ वटा निर्माण कम्पनीध्य पुष्पलाल लोकमार्ग अलपत्र पारेका हुन् । मध्यपहाडी लोकमार्ग अलपत्र पारेको भन्दै सुर्खेतको एमपी, एसीएफ र ईसीसी जेभीअन्तर्गतका ठेकेदार कम्पनीहरु भारतको पश्चिम बंगालको

एमपी सितानी एन्ड सन्स, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालो सूचीमा राखिएको हो । यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा मोरङको विराटनगरस्थित

भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई २ वर्षका लागि कालो सूचीमा राखिएको छ। ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटकपटक म्याद थप हुँदासमेत काम नगरेपछि कालो सूचीमा राखिएको हो।

 

 


Thali Mobile Pvt.Ltd.