भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ताप्लेजुङमा पहिरोमा उपाध्यक्ष लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु

ताप्लेजुङमा पहिरोमा उपाध्यक्ष लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी मृत्यु हुनेमा उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी रहेका छन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको हो । दुईजना घाइते भएका छन् ।

पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको जनाएको छ ।

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पहिरोले दुई वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.