भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

ताप्लेजुङमा पहिरोमा उपाध्यक्ष लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु

ताप्लेजुङमा पहिरोमा उपाध्यक्ष लिम्बुको घर बगाउँदा ४ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चारजनाको मृत्यु भएको छ । जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको हो ।

पहिरोमा परी मृत्यु हुनेमा उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी रहेका छन् । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको हो । दुईजना घाइते भएका छन् ।

पहिरोमा पुरिएर ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाया र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको जनाएको छ ।

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पहिरोले दुई वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.