भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

संसदमा अध्यक्ष लिङ्देनको प्रश्न संसद चलाउनुको औचित्य के ?

संसदमा अध्यक्ष लिङ्देनको प्रश्न संसद चलाउनुको औचित्य के ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको समस्याहरुको ठोस समाधान गर्ने सरकारको जवाफ माग गरेका छन् ।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले संसद बैठक कर्मकाण्डको लागि मात्रै चलाइराख्नुको कुनै औचित्य नभएको बताएका हुन । उनले सरकारको जवाफ नआएसम्म कर्मकाण्डको लागि मात्रै संसद चलाइराख्नुको कुनै औचित्य नभएको तर्क समेत गरेका हुन ।

अध्यक्ष लिङदेनले भने ‘संसदमा हामीले आवाज उठाएर मात्रै बस्ने, कुरा गरेर मात्रै बस्ने यसको अर्थ के हुन्छ ? जनता आफैँ सडकमा आउनुपर्ने ? पीडित आफैँले न्यायका लागि आत्मदाह गर्नुपर्ने ? अनि सरकारको काम के हो ? हामी राजनीतिक दलहरुको काम के हो रु म सरकारको ध्यानाकर्षण गर्न चाहान्छु, सरकारले यि विषयहरुमा ठोस जवाफ नदिएसम्म, सरकारको उपस्थिति संसदमा नभएसम्म संसद अगाडी बढाइराख्नुको कुनै औचित्य छैन । केबल कर्मकाण्डको लागि मात्रै यो संसद चलाइराख्नु र जनताले रगत, पसिना बगाएर तिरेको तिरोमाथि रमाइलो गरेर बस्नुको कुनै औचित्य छैन । ठोस जवाफ नआएसम्म संसद अगाडी बढ्दैन ।’

अध्यक्ष लिङदेनले सरकारले समसामयिक विषयहरु सबैको जवाफ दिनुपर्ने बताए । अध्यक्ष लिङदेनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्ने बताए ।

व्यवसायीको समस्या, रसियन सेनामा नेपाली भर्ती भएका विषयहरु संसदमा चर्को रुपमा उठेपनि सरकारले नसुनेको बताउदै संसदमा उठेका आवाजहरु सरकारले नसुने संसदमा बोल्नुको कुनै अर्थ नभएको तर्क गरे ।

 


Thali Mobile Pvt.Ltd.