भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

प्रधानमन्त्रीलाई सुझाव : लिपुलेकमा सुझबुझपूर्ण कदम, विदेश भ्रमणमा परिणाममुखी वार्ता

प्रधानमन्त्रीलाई सुझाव : लिपुलेकमा सुझबुझपूर्ण कदम, विदेश भ्रमणमा परिणाममुखी वार्ता

मुख्य बुँद्दा

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षका अवसरमा काठमाडौँमा कार्यक्रम

लिपुलेक प्रकरणमा प्रधानमन्त्रीलाई सुझबुझपूर्ण कदम चाल्न सुझाव

चीन र भारत भ्रमणमा परिणाममुखी वार्ता गर्न पूर्व परराष्ट्रमन्त्री पान्डेको सुझाव

चीनलाई नेपालको सुरक्षाको ढाडस मान्ने प्रा. डा. सुरेन्द्र केसी

चीनको तीव्र उन्नति नेपालको लागि अवसर भएको उप्रेतीको टिप्पणी

काठमाडौँ, ७ भाद्र । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले औँल्याएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रमा गरेको उल्लेखनीय उन्नतिबाट नेपालले पनि लाभ उठाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागी पूर्व परराष्ट्रमन्त्री एवं चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र पान्डे, इतिहासविद् प्रा. डा. सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा. मनिता कुशी र क्लाउडका अध्यक्ष शोभित उप्रेतीले नेपाल–चीन सम्बन्धका विभिन्न पक्षबारे विचार व्यक्त गरेका थिए ।

पूर्व परराष्ट्रमन्त्री पान्डेले विवादमा आएको लिपुलेक प्रकरणबारे प्रधानमन्त्रीले सुझबुझपूर्ण कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै आसन्न चीन र भारत भ्रमणलाई उपयोग गरी दुवै देशसँग परिणाममुखी वार्ता गर्न सुझाव दिए । उनले चीनका विश्वविद्यालयहरूमा अनुसन्धानलाई दिइएको उच्च प्राथमिकता उल्लेख गर्दै नेपालका विश्वविद्यालयलाई पनि अनुसन्धान–मुखी बनाउनुपर्ने बताए ।

इतिहासविद् प्रा. डा. सुरेन्द्र केसीले नेपालको सुरक्षाको ढाडस चीन रहेको धारणा राख्दै, अंशुवर्मा, भृकुटी, अरनिको जस्ता पात्रमार्फत सुरु भएको ऐतिहासिक सम्बन्ध आज राजनीतिक तथा जनस्तरमा अझ बलियो बनेको बताए । उनले विगतमा भारतभन्दा नेपाल–चीन सम्बन्ध सबल रहेको पनि उल्लेख गरे ।

क्लाउडका अध्यक्ष शोभित उप्रेतीले आर्थिक रूपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुगेको तर नेपाल भने साना–साना विवादमा अल्झिनु दुःखद भएको टिप्पणी गरे । उनले कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा हुनु गौरवमय अवसर भएको उल्लेख गर्दै चीनको उन्नतिबाट लाभ उठाउन नेपाल ढिलो गर्न नहुने धारणा राखे ।

 


Thali Mobile Pvt.Ltd.