भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नागरिकता, विवाह र मतदाता उमेर मिलाउन सर्वोच्चमा रिट निवेदन

नागरिकता, विवाह र मतदाता उमेर मिलाउन सर्वोच्चमा रिट निवेदन

मुख्य बुद्दा

सर्वोच्चमा बालिग उमेरको एकरुपता मागसहित रिट दर्ता

संविधानले १८ वर्ष उमेर पूरा भएका व्यक्तिलाई बालिग मान्छ

विवाह, नागरिकता, मतदाता नामावली र बालबालिका ऐनबीच असंगति

रिटमा १८ वर्ष उमेरको आधारमा कानुन एकरुपता गर्ने माग

काठमाडौँ,  ७ भाद्र । सर्वोच्च अदालतमा बालिग हुने उमेरलाई आधार बनाएर नागरिकता प्राप्ति र वैवाहिक अधिकारको न्यूनतम उमेरहद कायम गर्न माग गर्दै रिट निवेदन दर्ता भएको छ ।संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसहित ६ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद सचिवालय, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय, गृह मन्त्रालयसहितलाई विपक्षी बनाउँदै शुक्रबार रिट निवेदन दर्ता गरेका हुन् ।

निवेदकले उल्लेख गरेका छन् कि नेपालको संविधानले मतदान र बालिग हुने उमेरका लागि १८ वर्ष तोकेको छ (धारा ८४(५), १७६(५), २२२(५)) । तर मुलुकी देवानी संहिता, २०७४ को दफा ७० (१)(घ) अनुसार विवाहको न्यूनतम उमेर बीस वर्ष राखिएको छ भने मुलुकी अपराध संहितामा २० वर्ष नपुगी विवाह गरेमा कैद र जरिवाना हुने व्यवस्था छ । नागरिकता ऐन, २०६३ को दफा ८(२) अनुसार नागरिकता लिनका लागि १६ वर्ष पूरा हुनु आवश्यक छ ।

निवेदकहरूले यो असंगति औँल्याउँदै भनेका छन् कि बालिग, नागरिक र बालकको सन्दर्भमा ऐन र संविधानबीच एकरुपता छैन । मतदाता नामावली ऐन, २०७३ मा १८ वर्ष माथिकालाई बालिग मानिएको छ भने बालबालिका सम्बन्धी ऐन, २०७५ मा १८ वर्ष नपुगेकोलाई बालबालिका ठहर गरिएको छ ।

रिटमा माग गरिएको छ 

  • संविधान अनुसार १८ वर्ष उमेर पूरा भएपछि बालिग मानिने व्यवस्था अनुसार सबै कानुन र नियम एकरुपता हुने

  • यदि विद्यमान कानुन अपर्याप्त भए, संविधानअनुसार १८ वर्षको बालिग उमेरको आधारमा कानुन निर्माण हुने

  • रिट निवेदकको नाममा परमादेश वा अन्य उपयुक्त आदेश जारी गर्ने

 


Thali Mobile Pvt.Ltd.