भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता |

अझै फेला परेनन् धापाखेलबाट एक महिनाअघि हराएका युवक

अझै फेला परेनन् धापाखेलबाट एक महिनाअघि हराएका युवक

काठमाडौं । ललितपुरको धापाखेलबाट एक महिनाअघि हराएका युवक अझै फेला परेका छैनन् । सिरहाको कल्याणपुर नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–२३ धापाखेल बस्दै आएका २० वर्षीय अरुणकुमार शर्मा २५ असारमा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले साहको खोजी भइरहे पनि अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । शर्मा राति ७ बजेतिर साथीको कोठामा जान्छु भनेर आफ्नो कोठाबाट निस्केका थिए । त्यसपछि साथीको कोठामा पुगेको समेत पत्ता लागेको छ । तर त्यहाँबाट आफ्नो कोठामा फर्किन्छु भनेर निस्केपछि बेपत्ता भएको जानकारी पाएको एसपी सुवेदीले बताए ।

बेपत्ता युवकको मोबाइलसमेत स्वीच अफ रहेकाले खोजीमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.