भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

“राजा-महाराजाको कुनै काम छैन, जनता नै सर्वस्व”: माधव नेपाल

“राजा-महाराजाको कुनै काम छैन, जनता नै सर्वस्व”: माधव नेपाल

रौतहट, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजतन्त्र फर्काउन खोजे मुलुक बर्बाद हुने बताएका छन्। उनले राजा-महाराजाको कुनै औचित्य नरहेको र जनता नै सर्वोपरि भएको जिकिर गरे।

रौतहटको गरुडामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले चैत १५ मा राजावादीहरूको तीनकुने प्रदर्शन हिंसात्मक भएको आरोप लगाए। “राजावादीहरूले कार्यालय तोडफोड, पसल चोरी, आगजनी, हत्या र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए। यस्ता गतिविधिले देश बर्बाद हुन्छ,” उनले भने। नेपालले राजतन्त्रको कुनै भविष्य नभएको र जनताको सेवा नै आफ्नो पार्टीको लक्ष्य भएको बताए। “हामी समाज परिवर्तनका लागि लागिरहेका छौँ। जनता नै हाम्रो शक्ति हो,” उनले थपे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले काठमाडौँमा समाजवादी मोर्चाको सभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरे। उनले जिल्ला अधिवेशनमार्फत असल नेतृत्व चयन गरी नेकपा (एकीकृत समाजवादी) को सङ्गठनलाई बलियो बनाउन शुभकामना दिए।

कार्यक्रममा पार्टीका नेताहरू राजेन्द्र पाण्डे, रामकुमार भट्टराईलगायतको सहभागिता थियो।

 

 


Thali Mobile Pvt.Ltd.