भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

“राजा-महाराजाको कुनै काम छैन, जनता नै सर्वस्व”: माधव नेपाल

“राजा-महाराजाको कुनै काम छैन, जनता नै सर्वस्व”: माधव नेपाल

रौतहट, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजतन्त्र फर्काउन खोजे मुलुक बर्बाद हुने बताएका छन्। उनले राजा-महाराजाको कुनै औचित्य नरहेको र जनता नै सर्वोपरि भएको जिकिर गरे।

रौतहटको गरुडामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले चैत १५ मा राजावादीहरूको तीनकुने प्रदर्शन हिंसात्मक भएको आरोप लगाए। “राजावादीहरूले कार्यालय तोडफोड, पसल चोरी, आगजनी, हत्या र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याए। यस्ता गतिविधिले देश बर्बाद हुन्छ,” उनले भने। नेपालले राजतन्त्रको कुनै भविष्य नभएको र जनताको सेवा नै आफ्नो पार्टीको लक्ष्य भएको बताए। “हामी समाज परिवर्तनका लागि लागिरहेका छौँ। जनता नै हाम्रो शक्ति हो,” उनले थपे।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले काठमाडौँमा समाजवादी मोर्चाको सभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरे। उनले जिल्ला अधिवेशनमार्फत असल नेतृत्व चयन गरी नेकपा (एकीकृत समाजवादी) को सङ्गठनलाई बलियो बनाउन शुभकामना दिए।

कार्यक्रममा पार्टीका नेताहरू राजेन्द्र पाण्डे, रामकुमार भट्टराईलगायतको सहभागिता थियो।

 

 


Thali Mobile Pvt.Ltd.