भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हडसन नदीमा हेलिकोप्टर दुर्घटना: ६ जनाको मृत्यु

हडसन नदीमा हेलिकोप्टर दुर्घटना: ६ जनाको मृत्यु

काठमाडौं, २९ चैत । अमेरिकाको म्यानहाटन नजिकै हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा सवार सबै ६ जनाको ज्यान गएको छ। न्युयोर्क सिटीका मेयर एरिक एडम्सका अनुसार दुर्घटनामा स्पेनबाट आएका एक परिवारका तीन बालबालिका र दुई वयस्कसहित पाइलटको मृत्यु भएको छ। “हाम्रो हृदय पीडित परिवारसँग छ,” उनले भने।

दुर्घटना बिहीबार दिउँसो करिब ३:१५ बजे लोअर म्यानहाटन र जर्सी सिटीबीचको हडसन नदीमा भएको हो। न्युयोर्क प्रहरीका अनुसार घटनास्थलमै चार जनाको मृत्यु भएको पुष्टि भएको थियो भने दुई जनालाई अस्पताल पुर्‍याइए पनि उनीहरूको निधन भयो। न्युयोर्क फायर डिपार्टमेन्टले जनाएअनुसार पियर ४० नजिकै वेस्ट ह्युस्टन स्ट्रिट र वेस्ट स्ट्रिट क्षेत्रमा बेल २०६ हेलिकोप्टर दुर्घटनाग्रस्त भयो। सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा हेलिकोप्टर पानीमा पल्टिएको र केहीबेरमै पूरै डुबेको देखिन्छ।

न्युयोर्क प्रहरीले सामाजिक सञ्जालमा लेखेको छ, “वेस्ट साइड हाईवे र स्प्रिङ स्ट्रिट क्षेत्रमा हेलिकोप्टर दुर्घटनाका कारण आपतकालीन सवारीसाधनको आवागमन र ट्राफिकमा ढिलाइ हुन सक्छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखे, “हडसन नदीको हेलिकोप्टर दुर्घटना अत्यन्त दुखद छ। पाइलटसहित तीन बालबालिका र दुई वयस्कको ज्यान गएको छ। भिडियो निकै भयावह छ। पीडित परिवारप्रति समवेदना व्यक्त गर्छु।” उनले यातायात सचिव सीन डफीको टोलीले घटनाको अनुसन्धान गरिरहेको बताए।

दुर्घटनापछि लोअर म्यानहाटन र जर्सी सिटीको नदी किनारमा आपतकालीन उद्धार टोलीले तीव्र गतिमा काम गरेको थियो।

 

 

 


Thali Mobile Pvt.Ltd.