भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दसैँ–तिहार–छठ सुरक्षित : मधेसमा ६ हजार ५३२ प्रहरी परिचालन

दसैँ–तिहार–छठ सुरक्षित : मधेसमा ६ हजार ५३२ प्रहरी परिचालन

मुख्य बुँदा

दसैँ, तिहार र छठलाई लक्षित विशेष सुरक्षा योजना

मधेसका ८ जिल्लामा ६ हजार ५३२ प्रहरी परिचालन

आन्दोलन र खुला सीमाका कारण विशेष निगरानी

बैंक, बजार, धार्मिक स्थल र भीडभाड क्षेत्रमा सुरक्षा टोली

गस्ती, चेकिङ, राजमार्ग स्कर्टिङ लगायतको व्यवस्था

आतिशबाजी, अवैध मदिरा, जुवातास र ठगी नियन्त्रण गर्ने योजना

जनकपुर, १० असाेज । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको छ। आठ जिल्लामा ६ हजार ५३२ प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ।

विशेष सुरक्षा योजना असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुनेछ। यस अवधिमा आपराधिक गतिविधि नियन्त्रण, सडकमा शान्ति–सुरक्षा कायम, धार्मिक तथा पर्यटकीय स्थल, बैंक–वित्तीय संस्था, सुनचाँदी पसललगायत संवेदनशील क्षेत्रमा विशेष सुरक्षा टोली परिचालन गरिएको छ।

प्रदेश प्रहरीका प्रवक्ता एसएसपी कमल थापाका अनुसार, आन्दोलनपछिको असुरक्षित वातावरण र खुला सीमाका कारण सुरक्षामा चुनौती देखिएकाले योजनाबद्ध ढंगले प्रहरी परिचालन गरिएको हो।

प्रत्येक जिल्लामा औसत ८ सय प्रहरी खटाइने व्यवस्था गरिएको छ। यस अवधिमा ४८ वटा क्यूआरटी, १९ स्ट्राइकिङ टोली, ११६ स्थानमा ट्राफिक चेकिङ, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती, २६ स्थानमा राजमार्ग स्कर्टिङ लगायतका व्यवस्था गरिएको छ।

प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले बैंक, वित्तीय संस्था र भिडभाड हुने क्षेत्रलाई लक्षित गरी विशेष टोली परिचालन गरिएको बताए। उनले पटका, आतिशबाजी, अवैध मदिरा, जुवातास र मूल्यवृद्धि नियन्त्रण गर्न समेत प्रहरीलाई निर्देशन दिएको जानकारी दिए। ‘प्रत्येक नागरिकले ढुक्कसँग पर्व मनाउन सकून् भन्ने उद्देश्यसहित सुरक्षा व्यवस्था कडा पारिएको छ,’ डीआईजी चतुर्वेदीले भने।

 


Thali Mobile Pvt.Ltd.