भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

मधेशमा पोखरी बने मृत्युको खाल्डो, ३४० बालबालिकाको डुबेर मृत्यु

मधेशमा पोखरी बने मृत्युको खाल्डो, ३४० बालबालिकाको डुबेर मृत्यु

काठमाडौं, ३ भाद्र । मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। विगत तीन वर्षयता मधेशका आठ वटै जिल्लामा पानीमा डुबेर मृत्यु हुने ५८६ मध्ये ३४० जना बालबालिका रहेका छन्।

मृतक बालबालिकामध्ये बालिकाभन्दा बालकको सङ्ख्या बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो। गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरबजार टोलस्थित भैया पोखरीमा दिदीबहिनी चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत डुबेर मृत्यु भएका थिए।

त्यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोमा सात वर्षीय रितिक साह र पाँच वर्षीय रितिश साहको मृत्यु भएको थियो। असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन गरी तीन बालिकाको मृत्यु भएको थियो। उनीहरू नुहाउने क्रममा डुबेका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार छारे रोग, जथाभावी खनिएका खाल्टा–खुल्टी र अभिभावकको लापरबाहीका कारण धेरैजसो बालबालिकाको मृत्यु हुने गरेको छ। प्रदेशका आठ जिल्लामध्ये डुबेर मृत्यु हुने सबैभन्दा धेरै घटना धनुषामा र सबैभन्दा कम पर्सामा भएका छन्।

 


Thali Mobile Pvt.Ltd.