भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मधेशमा पोखरी बने मृत्युको खाल्डो, ३४० बालबालिकाको डुबेर मृत्यु

मधेशमा पोखरी बने मृत्युको खाल्डो, ३४० बालबालिकाको डुबेर मृत्यु

काठमाडौं, ३ भाद्र । मधेश प्रदेशमा पानीमा डुबेर मृत्यु हुने बालबालिकाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। विगत तीन वर्षयता मधेशका आठ वटै जिल्लामा पानीमा डुबेर मृत्यु हुने ५८६ मध्ये ३४० जना बालबालिका रहेका छन्।

मृतक बालबालिकामध्ये बालिकाभन्दा बालकको सङ्ख्या बढी रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको हो। गत असार २४ गते जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरबजार टोलस्थित भैया पोखरीमा दिदीबहिनी चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत डुबेर मृत्यु भएका थिए।

त्यस्तै गत जेठमा धनुषाकै कमला नगरपालिकामा सडक निर्माण गर्न खनिएको खाल्डोमा सात वर्षीय रितिक साह र पाँच वर्षीय रितिश साहको मृत्यु भएको थियो। असार २० गते धनुषाको धनौजी गाउँपालिका–५, बहुअर्बाको सार्वजनिक पोखरीमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन गरी तीन बालिकाको मृत्यु भएको थियो। उनीहरू नुहाउने क्रममा डुबेका थिए।

मधेश प्रदेश प्रहरी कार्यालयका अपराध अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सोनुकुमार साहका अनुसार छारे रोग, जथाभावी खनिएका खाल्टा–खुल्टी र अभिभावकको लापरबाहीका कारण धेरैजसो बालबालिकाको मृत्यु हुने गरेको छ। प्रदेशका आठ जिल्लामध्ये डुबेर मृत्यु हुने सबैभन्दा धेरै घटना धनुषामा र सबैभन्दा कम पर्सामा भएका छन्।

 


Thali Mobile Pvt.Ltd.