भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति व्यवस्थामा टुङ्गो लागेन

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति व्यवस्थामा टुङ्गो लागेन

काठमाण्डौ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा साेमबार विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदन पेश गरिएको छ। समितिका सचिव दशरथ धमलाले सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण गरेका हुन ।

प्रतिवेदन अध्ययनका लागि समिति सदस्यलाई दुई दिनको समय दिइएको छ। ५ गते विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलका लागि बोलाइएको छ। तर, समितिमा पूर्ण छात्रवृत्तिसम्बन्धी व्यवस्थामा भने अझै टुङ्गो लागेको छैन।

समितिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिको आवास सुविधा कानुनमा नराख्ने प्रस्ताव गरेका छन् । 

 


Thali Mobile Pvt.Ltd.