भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

धान रोपाइँ सुरु, मधेशमा ५८% मात्र सम्पन्न, छिटो पाक्ने जात रोज्न विज्ञको आग्रह

धान रोपाइँ सुरु, मधेशमा ५८% मात्र सम्पन्न, छिटो पाक्ने जात रोज्न विज्ञको आग्रह

मुख्य बुँदा 

  • तराई–मधेशमा साउनको दोश्रो साता पुगेर मात्र रोपाइँ सुरु

  • खडेरीपछि आएको पानीले रोपाइँमा तीव्रता

  • छिटो पाक्ने जातहरू छनोट गर्न विज्ञको सल्लाह

  • हालसम्म मधेशमा ५८% र देशभर ८४% रोपाइँ सम्पन्न

  • रोपाइँमा ढिलाइले उत्पादन लक्ष्यमा असर पर्ने सम्भावना

काठमाडौँ, १९ साउन । लामो खडेरीपछि तराई–मधेश क्षेत्रमा पानी परेपछि किसानहरू धान रोपाइँमा व्यस्त बनेका छन्। केही समयअघिसम्म सुक्खा संकट झेलिरहेका मधेश प्रदेशका किसानले पानीको आगमनसँगै ढिलो भए पनि राहत पाएका छन्।

विगतमा मध्य साउनसम्म रोपाइँको काम पूरा भइसकेको हुने मधेशमा यसपटक भने साउनको दोस्रो साता पार भएपछि मात्र रोपाइँ सुरु भएको हो। शनिवारदेखि परेको वर्षाले अहिले धमाधम रोपाइँ सुरु भएको छ।

यद्यपि, ढिलो रोपाइँले धानको बीउको छनोट र जनशक्ति व्यवस्थापन किसानका लागि चुनौती बनेको कृषि विज्ञहरू बताउँछन्। धानबाली विज्ञ डा. उज्जवलकुमार सिंह कुशवाहाका अनुसार, समय बचतका लागि किसानहरूले अब छिटो पाक्ने धान जातहरू छान्नुपर्छ। उनले सिफारिस गरेका प्रमुख धान जातहरू:

  • हर्दिनाथ–१, ३, ५

  • चैते–२, ५

  • सुख्खा धान–३, ५, ६

  • बासमती धान: शुद्धोधन कालानमक, लल्का बासमती

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मधेशमा हालसम्म ५८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। देशभर हालसम्म ८४ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

यस वर्ष १३ लाख ७८ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ, जसमध्ये ११ लाख ५६ हजार हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.