भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

मध्य असारसम्म देशभर २० प्रतिशत धान रोपाइँ, मल अभाव नहुने सरकारको दाबी

मध्य असारसम्म देशभर २० प्रतिशत धान रोपाइँ, मल अभाव नहुने सरकारको दाबी

काठमाडौँ, १६ असार । देशभरि असार महिनाको मध्यसम्ममा करिब २० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार, १३ लाख ९१ हजार ३ सय २१ हेक्टर खेतीयोग्य जमिनमध्ये अहिलेसम्म २ लाख ८१ हजार ८ सय ४ हेक्टरमा धान रोपाइँ भइसकेको छ।

गत वर्ष असार १६ सम्म धान रोपाइँ २१ प्रतिशत पुगेको थियो भने यस वर्ष यसै हाराहारीमा रहेको देखिन्छ। तर रोपाइँ भएपनि किसानहरूले मल अभावका कारण समस्या भोगिरहेका छन्।कतिपय किसानहरूले मलको चर्को मूल्य भुक्तानी गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्।

सरकारले मल अभाव हुन नदिने दाबी गरेको छ। कृषि मन्त्रालयका अनुसार, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले ३४ हजार टन युरिया मल कोलकत्ताबाट ल्याइसकेको छ भने हाल दुवै निकायसँग ६० हजार टन मल मौज्दात छ।

मन्त्रालयले मलको उपलब्धता छ भने पनि वितरण प्रक्रियामा केही अवरोध र समस्या हुँदा किसानले समयमै मल पाउन नसकेको जानकारी दिएको छ। सरकारले मलको समुचित व्यवस्थापन र वितरणलाई प्राथमिकतामा राखेर चाँडै समस्या समाधान गर्ने जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.