DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पनौतीमा बाह्रवर्षे मेला


  • माघ १, २०७८
  • 420 Views
पनौतीमा बाह्रवर्षे मेला image

काभ्रे । पनौती प्रकृति र संस्कृतिको सङ्गमस्थल हो । भूकम्प नजाने, ढिकी चलाउन नहुने भन्ने मान्यता बोकेको नगर पनि हो । देवराज इन्द्रको तपोभूमि, शचीको प्यारो भूमि र अहिल्याको मुक्तिभूमिका रूपमा पनि यसलाई चिनिन्छ । यस्तो पावन भूमिमा प्रत्येक बाह्र वर्षको एकपल्ट माघ महिनाभरि मेला लाग्छ । यस मेलालाई मकर मेला भनिन्छ । मेला आजदेखि सुरु हुँदै छ । माघ महिना बिस्तारै जाडो कम हुँदै गर्मी चढ्ने महिना हो । माघ महिना लाग्नेबित्तिकै सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्छ । यसरी सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्र वर्षको एकपल्ट पनौतीमा मकर मेला लाग्ने गर्छ । माघ महिनाको महिमा ठूलो छ ।

माघको पहिलो दिनदेखि नै पृथ्वीको गोलाद्र्धमा सूर्य उत्तरतर्पm ढल्कने गर्छ । सूर्य उत्तरायण भएपछि न्यानोपनमा वृद्धि भई पुसको कठ्याङ्ग्रिँदो जाडो क्रमशः कम हुँदै जान्छ । यसै महिनादेखि दिन लामो हुँदै जाने गर्छ । यो महिना स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ । धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ । पनौतीको त्रिवेणीघाटलाई उत्तरप्रयाग, शचीतीर्थ, पावनधाम, मोक्षभूमि पनि भनिन्छ । यस स्थलमा पाइला मात्र टेक्दा पनि मोक्ष पाइने विश्वास रहिआएको छ ।

त्रिवेणीघाट मन्दिरै मन्दिरले भरिएको छ । १४औँ शताब्दीमा निर्मित नौ ग्रहसहितको सूर्य, १३औँ शताब्दीको शिवको मूर्ति, १४औँ शताब्दीकै लक्ष्मी र गरुडसँगको विष्णुको मूर्ति आदि प्राचीन मूर्तिका कारण त्रिवेणीघाटको गरिमा बढेको हो । यसका अलावा वंशगोपाल मन्दिर, ब्रह्मायणी मन्दिर, त्रिवेणी भजन घर ९मठ०, बद्रीनारायणको मन्दिर, केदारनारायणको मन्दिर, राम, सीता र हनुमान मन्दिर, मुक्तेश्वर मन्दिर, पञ्चमुखी महादेव मन्दिर, माधवनारायण मन्दिर, शीतलामाईको मन्दिर, सङ्कष्टनारायणको मन्दिर, वासुकी नाग, धर्म स्तम्भलगायत केही वर्षपहिले मात्र स्थापित राम, कृष्ण, लक्ष्मी र सरस्वतीको संयुक्त मन्दिर, विश्वरूप मन्दिर रहेका कारण त्रिवेणीघाटलाई देवताको वासस्थान नै मानिन्छ ।

पनौतीमा मनाइने बाह्रवर्षे मकर मेलाप्रति हिन्दु धर्मावलम्बीको ठूलो धार्मिक आस्था र विश्वास रहिआएको छ । मकर मेला लाग्दा लाखौँ भक्तजन यहाँ मेला भर्न आउँछन् । छिमेकी मुलुक भारतबाट समेत उल्लेख्य सङ्ख्यामा भक्तजन मेला भर्न आउँछन् । मकर मेला लागेको समयमा त्रिवेणीघाट ९पद्मावती, लीलावती र रुद्रावती० मा नुहाई देवीदेवताको पूजा गरेमा सम्पूर्ण पापबाट मुक्ति मिल्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यहाँ मकर मेला अवधिभर स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । देवताका राजा इन्द्र, शची, विरुपाक्षजस्ता देवताले समेत यस घाटमा आई मोक्ष प्राप्त गरेका थिए भन्ने जनश्रुति रहेको छ ।

त्रिवेणीघाटसँगै गोरखनाथको डाँडा रहेको छ । यस डाँडालाई कुञ्जगिरि पर्वत, दलिञ्चोक डाँडा पनि भनिन्छ । त्रेतायुगमा राम र रावणबीच ठूलो युद्ध भयो । युद्ध हुँदा रावणका छोरा इन्द्रजितले रामका भाइ लक्ष्मणलाई नागपासले मुर्छित पारेपछि हनुमानले सञ्जीवनी बुटीसहितको ठूलो पहाड उठाएर ल्याउँदा पनौती पुगेपछि पर्वतको सानो अंश तल झरेको थियो र सोही पर्वतको सानो अंश कुञ्जगिरि पर्वत अर्थात् गोरखनाथ डाँडा हो भन्ने जनश्रुति रहेको छ । यस डाँडाको टुप्पोमा गोरखनाथको मन्दिर छ । त्रिवेणीघाटमा नुहाई पूजाअर्चना गरेपछि डाँडा चढ्न सक्नेहरू गोरखनाथको पनि दर्शन गर्छन् । गोरखनाथ मन्दिर जाँदा कसैकसैले आफ्नो दायाँ हातको बुढीऔँलाको खोपिल्टोमा त्रिवेणीघाटको जल राखेर लगी चढाउने गर्छन् । यसो गर्दा मनले चिताएको पूरा हुने विश्वास गरिन्छ । गोरखनाथको मन्दिरबाट उत्तर हेर्दा हिमालका मनोरम दृश्य, पूर्व हेर्दा नमोबुद्धको मन्दिर, पश्चिम हेर्दा फूलचोकी देवीको मन्दिर र दक्षिण हेर्दा महाभारत पर्वतका मनोरम दृश्य देखिन्छ ।

मकर मेलाको अर्को महìवपूर्ण पक्ष श्रीइन्द्रेश्वर महादेव हो । दलिञ्चोक डाँडामा अवस्थित गोरखनाथको दर्शनपछि भक्तजन इन्द्रेश्वर महादेवको दर्शन गर्छन् । यो मन्दिर इन्द्रद्वारा स्थापना गरिएको विश्वास रहिआएको छ । इन्द्रेश्वर महादेवको मन्दिर नेपालका प्रचीन मन्दिरमध्ये एक हो । त्रिवेणीमा स्नान गरी इन्द्रेश्वर महादेवको दर्शन गर्नाले मेला भरेको सिद्ध हुने विश्वास गरिन्छ । हिमवत् खण्डलगायतका ग्रन्थमा इन्द्रेश्वर महादेवको महिमागान पाइन्छ । यो मेला इन्द्रेश्वर महादेवसँग सम्बन्धित पर्व पनि हो । मेला अवधिभर त्रिवेणीधाममा स्नान गरी इन्द्रेश्वर शिवलिङ्गको पूजा गर्दा ठूलो पुण्य मिल्ने, आफूले गरेका पाप कर्मबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ ।

परापूर्वकालमा श्रुतश्रवा नाम गरेका ब्राह्मण विरक्तिएर पनौतीमा आई भाद्रशुक्ल पूर्णिमाका दिन शचीतीर्थमा स्नान गरी इन्द्रेश्वर महादेवको पूजा आराधना गरे । उनी रातमा जाग्राम बसी शिवभक्तिमा लीन रहे । सोही रात उनलाई शिवजीका दूत आएर शिवपुरमा लगे । अनि उनी प्रथमगणका रूपमा रहे भनेर हिमवत्खण्डमा उल्लेख गरिएको छ । त्यस्तै आफूले अन्जानमा गरेका पापकर्मबाट मोक्ष प्राप्त गर्नका लागि विरुपाक्ष पनि नेमूनिको सल्लाहबमोजिम माघकृष्ण अष्टमीका दिन यहाँ आई स्नान गरेर इन्द्रेश्वर शिवलिङ्गको पूजा गरेपछि पापबाट मोक्ष मिलेको कुरा हिमवत्खण्डकै अध्याय ९८ मा उल्लेख छ ।

हरेक वर्ष माघमा साँखु र भक्तपुरबाट माधवनारायणको आगमन हुँदा पुरुष व्रतालु नाङ्गो शरीर पल्टँदै इन्द्रेश्वर महादेवको परिक्रमा गर्छन् । भक्तपुरबाट नवदुर्गा भवानीको आगमन हुँदा पनि भैरवको विशेष पूजा गर्ने चलन छ । भक्तपुरबाट नवदुर्गा भवानीको आगमन भएको साँझ नवदुर्गाको विशेष नृत्य पनि इन्द्रेश्वर महादेवको प्राङ्गणमा प्रस्तुत हुन्छ । सोमबार, शिवरात्रि, बालाचतुर्दशी, ज्येष्ठ पूर्णिमाको जात्रा, दशैँ, सकिमना पूर्णिमा, तीज, जनैपूर्णिमा, वसन्त पञ्चमीमा पनि यहाँ मेला लाग्छ ।

इन्द्रेश्वर महादेव मन्दिरको हाताभित्र इन्द्रेश्वर महादेवलगायत उन्मत्त भैरव, तोला नारायण, नौवटा ग्रहसहितको सूर्य, चार हातसहितको कृष्ण, नारायण, उमा महेश्वर, विश्वेश्वर महादेवलगायतका मन्दिर छन् । धार्मिक दृष्टिले इन्द्रेश्वर हाता निकै महìवपूर्ण छ । मकर मेला लागेको समयमा विभिन्न वस्तु दान गर्नाले ठूलो पुण्य कमाइने विश्वास गरिन्छ । मकर मेलाको समयमा नुन दान गर्दा सुन दान गरेसरह फल पाइने स्थानीयवासी बताउँछन् । प्रामाणिक रूपमा मकर मेला कहिलेदेखि प्रारम्भ भएको हो भनी यकिनका साथ भन्न सकिँदैन तर लिच्छविकालीन राजा मानदेवको समयदेखि यो मेला चल्दै आएको भनाइ छ । गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.