भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पानी पर्नेबित्तिकै किन डुब्छ सहर ?


  • श्रावण २५, २०८०
  • 205 Views
पानी पर्नेबित्तिकै किन डुब्छ सहर ? image

काठमाडौं । सहरीकरण हुँदै जाँदा प्राकृतिक खोल्साखोल्सी नदीनालाको बहाव क्षेत्र पनि अतिक्रमण हुँदै जान्छ। यसकारण नदीले आफ्नो बाटो पाउँदैन। खोला बग्नै पर्छ। अनि, बस्ती बग्छन् रडुब्छन्। एको जमिनको सतह कडा बन्दै जान्छ। बाटोघाटोमा ढुंगा छाप्ने, कालोपत्र गर्ने कामले प्राकृतिक माटो भएको सतह पुरिन्छ। ढलानको सतहका कारण जमिनले पानी सोेस्न पाउँदैन। बर्खाको पानी एकैपटक खोलानालामा जान्छ। त्यसैकारण बाढी आउँछ।

सहरीकरण हुँदै जाँदा प्राकृतिक खोल्साखोल्सी नदी नालाको बहाव क्षेत्र पनि अतिक्रमण हुँदै जान्छ। यसकारण नदीले आफ्नो बाटो पाउँदैन। खोला बग्नै पर्छ। यसैकारण बस्ती बग्छन्, डुब्छन्। बस्ती तथा सहर डुब्ने घटना संसारभर हुन्छ। समुद्र किनारको सहरमा समुद्रको सतह बढेपछि सहरभित्र प्रवेश गर्छ। भीषण वर्षा हुँदा समुद्रमा निकास हुन पाउँदैन। समुद्र तटभन्दा टाढा पनि नदीनालाको छेउमा सहर हुन्छन्। ती सहरमा एकातिर नदीको सतह बढ्छ, अर्कातिर बस्तीको पानीको निकास नदीमा हुन नसक्नाले बस्ती डुबानमा पर्छन्।

बस्तीमा नदी पसेको हो कि नदीमा बस्ती पसेको रु भन्ने प्रश्न धेरै उठ्छ। यो प्रश्नको जवाफ यसरी बुझ्नुपर्छ। पानी कतै न कतै बग्नुपर्छ। सहरीकरण बढेपछि खोलानाला साँघुरिन्छन्। कोरिडोर निर्माण हुन्छन्, सडक बन्छन्। अरू संरचना बनेपछि नदीको बहाव क्षेत्र खुम्चिन्छ।

यसैले सुरुमा बस्ती नदीछेउ बसेको, अहिले नदी सो बस्तीमा पसेको हो। दुईवटै कुरा हो। बस्तीको पानी नदीमा निकास हुन नपाउँदा र नदीको पानी बढेकाले पनि बस्ती डुब्ने हुन्। बर्सेनि देशभर बस्तीमा नदी पस्ने घटना घटिरहन्छन्। राजधानीका बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, धोबीखोला, कर्मनाशा नदी आसपासका घरमा पसेका घटना छन्। मंगलबार परेको पानीले नदीको स्तर बढेर घरघरसम्म पुग्यो। नदी बस्तीमा पस्ने समस्याको निकास ढल प्रणाली सुदृढ बनाउनु नै हो। भइरहेको ढल प्रणाली वर्षा सुरु हुनुअघि सफा गर्नुपर्छ। स्थानीय स्तरको ढल स्थानीयवासी र ठूला ढल स्थानीय सरकारले सफा गर्नुपर्छ।

ढलको क्षमताअनुसार पानी बग्ने हो भने डुबानको धेरै समस्या हल हुन्छ। ढुंगा, माटो, काठ, प्लास्टिकलगायत नकुहिने पदार्थका कारण ढल जाम हुन्छ। दोस्रो उपाय हो, नदीको किनारमा पोखरी निर्माण गर्नु। पोखरी बनाउनुको दोहोरो फाइदा हुन्छ। सुक्खायाममा खेल्ने चउर र पार्क बन्छन्। पानी सुक्दै वा सोसिँदै जाँदा अन्डरग्राउन्ड वाटर रिचार्ज हुन्छ। पर्यावरणमा हुने लाभसँगै वर्षायाम बाढी नियन्त्रण पनि सघाउ पुग्छ। वर्षायाममा पानी परेर नदीको सतह बढेपछि पोखरीमा जम्मा हुन्छ।

काठमाडौं उपत्यकामा पनि नदी छेउमा पोखरी बनाउन सम्भव छ। राजधानीमा पार्क बनाउने चलन छ। तर, पार्कसँगसँगै पोखरी पनि बनाउनुपर्छ। पानी जम्मा गरिनुपर्छ। यूएन पार्कमा पनि एउटा पोखरी बनाउन सकिन्छ। टेकुको नदी छेउछाउका खाली ठाउँमा पोखरी बनाउन सकिन्छ। बाढी नियन्त्रण गर्ने हो भने पार्कसँगै पोखरी पनि बनाउनुपर्छ। अग्लो स्थानमा परेको पानी बगेर जम्मा हुने होचो जमिनमा पोखरी बनाउन सकिन्छ। वर्षायाममा पानी भरिन्छ, त्यसले धेरै हदसम्म बाढी नियन्त्रणमा सघाउ पुग्छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.